site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मुलुकभर संक्रमण फैलिएपछि शासकहरू अहङ्कारको पर्खालबाट बाहिर चियाउन थालेको भान परेको छ । तर, अझै पनि शासकहरूले यथार्थ नबुझेको वा आफ्नो कमजोरी भने स्वीकार गर्न तयार नभएको देखियो । उपत्यकाका सास्ंसदहरूको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बन्दाबन्दी खुकुलो भएपछि आवागमन बढेकाले काठमाडौं संक्रमणको केन्द्र बनेको भनेका छन् । यो उनको गलत ठहर हो । तर अब कोभिड– १९ सँग सँगै बाँच्नुको विकल्प छैन भन्नु भने यथार्थ हो । सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक उपप्रधानमन्त्री पोखरेलका कथनबाट सरकार अझै पनि संक्रमण नियन्त्रणका लागि विज्ञहरूले सुझाएको उपाय स्वीकार गर्न तयार नभएको सन्देह उत्पन्न हुन्छ । निषेध र नियन्त्रणका उपायहरू विफल भएको देखिसकेपछि पनि त्यसैमा जोड दिनु विकेकहीन मूर्खता हो ।

संक्रमण समुदायस्तरमा फैलनुमा सरकारको गलत दृष्टिकोण, नीति र बदनियत मूल जिम्मेवार छ । शासकहरू र ‘सरकारी विज्ञ’ जति नै अस्वीकार गरे पनि सुरुमा संक्रमितको परीक्षणमा प्रयोग गरिएको पटक्कै भर पर्न नसकिने आरडीटी नामको किटको प्रयोग र भारतबाट घर फर्कनेहरूलाई नाकामा छेकेका कारण संक्रमण समुदायमा फैलन पुगेको हो । आरडीटी परीक्षणका आधारमा समुदायमा जान दिइएकाबाट कोभिड—१९ को संक्रमण कति संख्यामा भयो र तिनको सम्पर्क पहिचानमा खेलाँची गर्दा त्यसले कति संक्रमण फैलायो भन्ने व्यवस्थित अध्ययन त भएको छैन होला तर सामान्य विवेककै आधारमा पनि अहिले समुदायमा संक्रमण पुग्नुमा त्यति बेलाको बदनियत र गल्ती जिम्मेवार थियो भन्न सकिन्छ । नत्र, चार महिना बन्दाबन्दी गर्दा संक्रमणको कडी पक्कै तोडिने थियो । 

व्यापक विरोध हुँदाहुँदै पनि आरडीटीको प्रयोगमा सरकारले जोड दिनु र अझै पनि त्यो गल्ती थियो भनेर स्वीकार नगर्नु शासकहरूको आँखा अझै नखुलेको लक्षण हो । विगतका यस्ता गल्ती स्वीकार गरेर सच्याउन तयार नहुँदासम्म संक्रमण नियन्त्रणका दिशामा प्रभावकारी पहल हुन सक्तैन । करिब ६ महिना देशलाई बन्दाबन्दीमा राख्दा र राजधानीका नाका थुन्दा पनि संक्रमण त देशभर समुदायमै पुग्यो । अर्थतन्    त्र ध्वस्त भयो । सबैभन्दा बढी दिनहुँ निबेक गरेर खानेहरू भोकै मर्न थाले । अहिले नै केही सामाजिक संस्था र परोपकारीहरूले खाना नखुवाउने हो भने काठमाडौंको सडकमा भोकाहरू धमाधम ढल्ने जोखिम देखिन्छ । यसैले अब सरकारले  संक्रमण रोक्ने जत्तिकै प्राथमिकता भोकै मर्न नदिने उपायलाई पनि दिनुपर्छ । उपत्यका आवतजावत गर्न रोकेमा संक्रमण नियन्त्रित हुन्छ भन्ने अर्को भ्रमबाट पनि सरकार र उपत्यकाका जनप्रतिनिधि मुक्त हुनुजरुरी छ । उपत्यका फर्कन नपाइने डरले दसैंमा घर गएनन् भने संक्रमण र भोकमरी दुवै फैलने जोखिम हुन्छ । बरु, उपत्यकाबाट जाँदा र आउँदा राम्ररी पहिचान देखिने अभिलेख राख्दा पछि सम्पर्क पहिचान गर्न पनि सहज हुनेछ । निषेध र नियन्त्रणबाट नथामिएको संक्रमण समुदायलाई सजग र सक्षम बनाउन सके रोकिन सक्छ । कोभिड—१९ सँग सँगै बाँचनु भनेको महामारीसँग आत्मसमर्पण गर्नु होइन भन्ने शासकहरूले स्वीकार गरे हुन्थ्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC