site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निषेधाज्ञा अवधिको सृजनात्मक सदुपयोग 

गत पुस महिनादेखि देखिएको कोभिड–१९ नामक भाइरसले हाल संसारभर महामारीको रूप धारण गरिसकेको छ । एकअर्काको भौतिक निकटतामा सर्ने यस महामारीबाट यी पंक्ति लेख्दासम्म संसारमा २ करोड ७३ लाख ४२ हजार ३३२ संक्रमित, १ करोड ८३ लाख ३८ हजार ३०४ निको तथा ८ लाख ९२ हजार ७१४ को मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ ।  नेपालमा ४७ हजार २३६ संक्रमित, ३० हजार ६७७ निको र ३०० जनाले जीवन गुमाई सकेको जानकारी दिइएको छ । 

यो कोभिड–१९ भाइरस प्राकृतिक या ल्याबको उपज जे भए पनि यसको असरबाट  मानव जाति गम्भीररूपमा प्रभावित  हुने क्रम जारी देखिन्छ । यसको महामारीबाट जोगिने एकमात्र सही उपाय भौतिक दूरी कायम राख्नु मानिएको छ । हाम्रो देशमा समेत राज्यले आफ्ना  नागरिकलाई महामारीको भूमरीबाट बचाउन हाल निषेधाज्ञा जारी गरेको छ ।   यो एउटा बाध्यकारी अवस्था हो ।  यस बाध्यकारी अवस्थालाई बन्धनमा परेको नसम्झौँ । राज्यका हरेक नागरिकले यसको जिम्मेवारीपूर्वक पालना गर्नु गराउनु नै उचित हुनेछ । यस अवधिलाई सकेसम्म सृजनात्मक बनाउने प्रयास गरौँ न बरु !  

निषेधाज्ञाको अवधिलाई कसरी सृजनात्मक बनाउन सकिएला ? 
हाम्रा बुबा, आमा, बाजे, बजै, जिजु पुर्खाहरूबाट निःशुल्क तर भावी पुस्तालाई हस्तान्तरण गर्ने सर्तमा प्राप्त गरेका परम्परागत ज्ञान तथा सीप उनीहरूलाई सिकाउने, बुझाउने र आफ्नो सभ्यतामा गौरव गर्नसक्ने बनाउनु हाम्रो जिम्मेवारी हो । आफ्ना छोरा, छोरी, नातिनातिनी, ज्वाइँ, बुहारीहरूलाई आआफ्नो ज्ञान, सीप नियमितरूपमा हस्तान्तरण गर्दै जानुपर्छ । आफ्नो धर्म, संस्कार, संस्कृति तथा भाषा आफूले पनि जीवन पद्धतिको अभिन्न अंगको रुपमा अंगीकार गर्दै भावी  पिंढीलाई हस्तान्तरण गर्नु मानव सभ्यताको सफल यात्राको  सूचक मानिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा परम्परागत ज्ञान सीपको अवस्था कस्तो छ ?

नेपाल बहुभाषिक, बहुधार्मिक तथा बहुजातीय संस्कृतिक विविधताले भरिएको सुन्दर देश हो । नेपाल  संस्कृति , सभ्यता, मूल्य मान्यताका धनी नागरिकहरूको देश हो । परम्परागत ज्ञान सीप र कलाले सुसम्पन्न नागरिकहरुको थलो हो । सृजनाका खानी हाम्रा सभ्य, दूरदर्शी पुर्खाले सिकाइ छाडेका सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । पछिल्लो चरणमा साधारणतया अविभावक तथा छोराछोरीहरू भागदौडको दैनिकीमा अभ्यस्त हुँदा र आधुनिक वस्तु सर्वसुलभ भएका कारण पुराना मूल्य, मान्यता, सीप र वस्तुहरुबाट हामी टाढिँदै गएको देखिन्छ ।

Global Ime bank

विगत केही दशकदेखि नेपाली समाज तीव्ररूपपा परिवर्तन हुँदै गइरहेको सबैले महसुस गरेकै हो ।   यो परिवर्तनको लहर नकारात्मक सिकोमा बलियो र सकारात्मकतामा कमजोर रहेको पाइन्छ । तसर्थ, यस्ता परिवर्तनले हज्जारौं वर्षदेखिको हाम्रा संस्कृति, सभ्यता तथा प्रकृतिप्रेमी मूल्य मान्यतामा आघात पुर्याएको प्रमाणित हुने क्रम जारी छ । 

नेपाली परम्परागत ज्ञान तथा  सीप के कस्ता छन् त?

नेपालका स्थानीय  बासिन्दा  तथा  आदिवासी जनजाति परम्परागत ज्ञान तथा सीपका अथाह भण्डार हुन् । यहाँका खस तथा आर्य संस्कृति परम्परागत ज्ञान र सीपले सम्पन्न छन् ।  आदिवासी जनजाति, मुस्लिम तथा दलितहरु  आआफ्नै पृथक किसिमका परम्परागत ज्ञान र सीपले पोख्त छन् । ऊनीहरुका परम्परागत ज्ञान तथा सीपमा मुख्यगरी कुन समयमा के गर्न हुने, के गर्न नहुने, मौसम, ऋतु, समयका पला, घडीमुताबिक जीवन अनुकूलित गर्नेजस्ता विषय पर्छन् । यस्ता परम्परागत धारणा आधुनिक उपभोक्तावादी सोचभन्दा अब्बल छन् । थोरैतिनोमा समेत आदर्श स्वच्छ जीवन जिउने, आफन्त र छरछिमेकका साथ सहयोग र भरोसाले रामवाणको भूमिका खेल्ने गर्छ । आफ्नै बलबुतामा जीवन सार्थक ठान्ने गौरवमय इतिहास छ नेपालीको । प्रकृतिलाई उच्च सम्मान गर्दै यसको सीमित उपयोग गरी संरक्षण र सम्बर्धन गर्ने, यसको महत्त्वलाई जीवन्त राख्न पूजा गर्नेजस्ता प्रथा छन् ।   

अर्गानिक उपजहरुको उत्पादन तथा प्रयोग हाम्रा पुर्खाका जीवनोपयोगी, प्रकृति प्रेमी तथा वातावरण मैत्री प्रविधि हुन् । त्यस्तै जैविक विविधता, स्थानीय जडिबुटी, जंगली सागसब्जी, रुखबिरुवा, कृषिप्रविधि, पशुपालन, स्थानीय उपजमा आधारित खानपान आदि परम्परागत ज्ञान तथा सीपका महत्त्वपूर्ण पाटा हुन् । वैदिक आयुर्वेद तथा हिमाली अम्ची उपचार विधि हाम्रा अमूल्य निधि हुन् ।

अमूल्य बिनाधारी नेपाली मरीचिकाका पछिा किन भौँतारिने? 

नेपालका  स्थानीय वासिन्दा  तथा  आदिवासी जनजाति परम्परागत ज्ञान तथा सीपका खानी हुन् । खानपान, लवाइखुवाइदेखि लिएर जीविकोपार्जनसम्म, दिगोपना तथा आत्मनिर्भरताको पाठ यी ज्ञानले दिन्छन् । जीवन जिउने मूल्य मान्यताका दार्शनिक आधारहरूसमेत यहाँका स्थानीय  वासिन्दा   तथा  आदिवासी जनजातिमा विकसितरूपमा विध्यमान छन् । चाहे त्यो हिन्दू होस् या बौद्ध, किराँत होस् या प्रकृति धर्म या अन्य जुनसुकै जीवन पद्धतिका आधार ! हाम्रा दार्शनिक मूल्य मान्यता संसारमा अब्बल प्रमाणित भई लाखौं, करोडौं, मानिस यसप्रति आकर्षित भएर अँगाल्न आतुर छन् । उनीहरूको जीवन पद्धतिमा जीवन्त बनाउन अग्रसर छन् ।

पछिल्लो चरणमा विकासका नाममा हाम्रा यस्ता अमूल्य सम्पदाको उपेक्षा गराइएको मात्र हो । अब सबैले महसुस गरी पुनः ब्युताउनु जरूरी देखिन्छ ।  

यसर्थ, हाम्रा दार्शनिक पक्षको अब्बलता सँगसँगै हाम्रा परम्परागत ज्ञान र सीपको समेत निरन्तरतामा हामीले मिहिनेत गरे यसले पनि संसारमा अब्बल दर्जा प्राप्त गर्न बेर लाग्दैन । अर्थात्, हामी स्वयं कस्तुरी हौँ । अमूल्य बिना हामीसँगै छ भने हामी त्यो मृगमरीचिकाको पछि किन भाैँतारिने? 

त्यसैले, आफ्नो अमूल्य ज्ञान सीप व्यवहारमा उतारी यसलाई जीवन्त  राखौँ । पुर्खाबाट प्राप्त सीप नबिटुल्याईकन भावी सन्ततिलाई हस्तान्तरण गर्नु आज हाम्रो कर्तव्य र आवश्यकता हो । स्वावलम्बी बनी परनिर्भरता तोड्नु अर्को गहन जिम्मेवारीभित्र पर्छ ।  भावी सन्ततिलाई  आफ्ना मूल्य, मान्यता, सभ्यताले सिँगाराैँ । यस महामारीको घडीमा समेत परम्परागत ज्ञान, सीप र संस्कृतिक सम्पदाको निरन्तरता    सुनिश्चित गर्ने कर्तव्यबाट विमुख हुन मिल्दैन । 

तसर्थ, सम्पूर्ण स्थानीय बासिन्दा तथा आदिवासी जनजातिका  परम्परागत ज्ञान र सीप भावी पुस्तालाई सिकाउँदै हस्तान्तरण गरौँं । कोभिड—१९ द्वारा सृजित निषेधाज्ञा अवधिको सदुपयोग गरौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC