site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  

सोमबार ज्वरो आएपछि कोरोनाको आशंकामा महामन्त्री डा. कोइरालाको स्वाब धुम्बराहीस्थित ह्याम्स अस्पतालमा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको थियो ।

Agni Group

महामन्त्री कोइरालाको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि अन्य १९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको महाराजगञ्‍ज स्रोतले जनाएको छ । स्रोतका अनुसार महामन्त्री कोइरालाले केही बेरपछि वक्तव्य जारी गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने तयारी गरेका छन् । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।      

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC