site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सार्वजनिक शान्ति भंग गर्न खोज्‍ने पक्राउ
Sarbottam CementSarbottam Cement

ललितपुर । अफवाह फैलाई सार्वजनिक शान्ति भंग गर्न खोज्‍ने एक व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।

यूट्यब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन, सरकारले हावा पिटेको भन्दै अफबाह फैलाएको आरोपमा तेह्थुमका सुवास सुब्बा लिम्बूलाई सोमबार ललितपुरको नक्खिपोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले कोरोना सङ्क्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरीरका विभिन्न अङ्ग निकालेर बेचबिखन गरी भ्रष्टाचार गरिरहेको भन्ने जस्ता अभिव्यक्तिसमेत दिएको उनले बताए । 

यसअघि पनि उनले पटक–पटक सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोना भाइरस सङ्क्रमणबारे भ्रम फैलाउने तथा विभिन्न व्यक्तिलाई आक्षेप लगाउने अभिव्यक्ति दिँदै आएका थिए ।
 
आफूलाई प्राकृतिक चिकित्सक भएको बताउने लिम्बू हाल ललितपुर नक्खिपोटमा बसोबास गर्दै आएका थिए । उनलाई थप अनुसन्धान गरी कारवाहीका लागि सोमबार नै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको जनाइएको छ । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC