site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले ५ भारतीय नागरिकलाई अपहरण गरेको आरोप, चीन मौन
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । पछिल्लो समय भारत-चीनबीचको सीमा विवादका कारण बढ्दो तनावका बीच फेरि अर्को तनाव सिर्जना भएको छ । गत साता चिनियाँ सेनाले पाँच भारतीय नागरिकहरुलाई सीमा क्षेत्रबाट अपहरण गरेको आरोप लगाइएको छ । 

५ सेप्टेम्बरमा पहिलो पटक अरुणाञ्‍चल प्रदेशका सांसद तापिर गाओले ट्विट गर्दै चिनियाँ सेनाले भारतीय नागरिकलाई अपहरण गरेको जानकारी गराएका थिए । सांसद गाओले ३ सेप्टेम्बरमा सीमा क्षेत्रबाट भारतीय नागरिकलाई अपहरण गरेको बताएका थिए । उनले यस विषयमा कुनै थप विवरण दिएका छैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त ट्विटपछि एक भारतीय मन्त्रीले चिनियाँ सेनाले एक शत्रुतापूर्ण सन्देश प्रवाह गरेको बताएका थिए । उनले पत्रकारको प्रश्‍नको जवाफमा भारतीय सेना चिनियाँ सेनाको प्रतिक्रिया पर्खीरहेको बताएका छन् । 

चीनले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । 

Global Ime bank

भारतले पछिल्लो समय चीनले सीमा क्षेत्रमा तनाव उत्पन्‍न गराएको आरोप लगाएको छ । तर, बेइजिङले भने सीमामा तनाव उत्पन्‍न गराउने काममा भारत जीम्मेवार भएको बताएको छ । 

मस्कोमा भारतीय रक्षामन्त्री राजनाथ सिंह र उनका चिनियाँ समकक्षीबीचको भेटबाट 'आइसब्रेक' को अपेक्षा गरिए पनि उक्त भेटपछि 'वाकयुद्ध' थप चर्किएको छ । समस्या समाधानका लागि आफू तयार भएको उल्लेख गर्दै एकले अर्कोलाई आरोप्रत्यारोप लगाउन छोडेका छैन् । 

दुबै मुलुकले सीमा क्षेत्रमा सैन्य उपस्थिति थप बढाएका छन् । यसअघि जुन १४ लद्दाखको गलवान भ्यालीमा दुबै मुलुकबीच हिंसात्मक झडप हुँदा २० भारतीय सेना मारिएका थिए । चीनले उक्त झडपमा आफ्नो तर्फको क्षतिको विवरण सार्वजनिक गरेको छैन । 

त्यसैगरी अगस्त अन्तिममा पनि भारत-चीनबीच तानातानी भएको छ । यसपछि दुबै मुलुकले फेरि रणनीतिक सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाएका हुन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC