site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले गरेका भ्रष्टाचारहरुको फेहरिस्त तयार गर्दै कांग्रेस
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले सरकारबाट सदाचारको अपेक्षा गर्नु कारुणिक भ्रममात्र भएको निष्कर्ष निकालेको छ । शनिबार र आइतबार बसेको प्रचार विभागको ‘भर्चुअल’ बैठकले यस्तो निष्कर्ष निकाल्दै सरकारले गरेका भ्रष्टाचारहरुको फेहरिस्त तयार गर्ने निर्णय गरेको छ ।

“स्वास्थ सामग्रीको खरिदमा भ्रष्टाचार गरिएको घटनाले वर्तमान सरकारबाट सदाचारको अपेक्षा गर्नु कारुणिक भ्रम मात्र हुने निष्कर्षका साथ बैठकले ओली सरकारका सबै भ्रष्टाचारजन्य एकएक कर्महरुको फेहरिस्त तयार गर्ने निर्णय गरेको छ,” बैठकका निर्णयहरु सार्वजनिक गर्न विभागले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको विभागले हरेक दिन सरकारका सम्पूर्ण गतिविधिहरुको विवरण राख्ने पनि निर्णय गरेको छ । निर्वाचनमा घोषणापत्र र सार्वजनिक अभिव्यक्तिमार्फत् जनतासमक्ष प्रस्तुत गरिएका वचन र सरकारमा पुगेपछि संविधान र जनभावना विपरीत गरिएका सरकारका कामहरुको विवरण संकलन गरेर कम्युनिस्ट सरकारप्रतिको सपना र वास्तविकतालाई तथ्यपूर्ण ढंगले क्रमशः चिरफार गर्दै अघि बढ्ने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा आइसोलेसनहरुको व्यापक बिस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरेर कोभिड अस्पतालहरुको भरपर्दो सुनिश्चितता गराउन पनि सरकारसँग माग गरिएको छ ।

Global Ime bank

बैठकले कोभिड–१९ प्रतिकुलताका कारण ‘नन कोभिड’ बिरामी पनि गम्भीर ढंगले प्रताडित भइरहेका बेला कांग्रेसको प्रचार विभागले सरकारको ध्यानाकर्षण गराउने र घटनाको तथ्य संकलन गर्ने निर्णय गरेको छ ।

“भेन्टिलेटर नपाएर मृत्यु, एकपछी अर्को अस्पताल दौडन बाध्य भएर मृत्यु, संक्रमण आशंकामा उपचार नपाएर मृत्यु जस्ता घटना पटक–पटक हुनु भनेको राज्यको अस्तित्व माथिको गम्भीर प्रश्न हो,” विज्ञप्तिमा भनिएको छ, “बैठकले यस्तो स्थिति दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउने र यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य संकलन गर्ने निर्णय गरेको छ ।”    
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC