site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा मास्कको प्रयोग नबढाए ४ महिनामा मृतकको सङ्ख्या ४ लाख नाघ्ने
Sarbottam CementSarbottam Cement

एजेन्सी । आवश्यक सावधानी नअपनाए जनवरी १ सम्ममा अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेको भन्दा दुई गुणाले बढेर ४ लाख पार गर्ने शुक्रबार वरिष्ठ स्वास्थ्य विद्हरुले बताएका छन् । कोभिड–१९ सम्बन्धी तयार पारिएको नयाँ मोडलका अनुसार अबको चार महिनामा अमेरिकामा थप २ लाख २४ हजार मानिसले ज्यान गुमाउन सक्छन् । 

तर आवश्यक सावधानी, जस्तै मास्कको प्रयोग अनिवार्य गर्ने हो भने चाहिँ सो क्षतिलाई आधा कम गर्न सकिने युनिभर्सिटी अफ वासिङटन इन्सटिटिउटको हेल्थ मेट्रिक्स र मूल्यांकन विभागले पेश गरेको मोडलमा उल्लेख गरिएको छ । तर यसको विपरित सबै कडाइ हटाएमा भने संक्रमण दर र मृतकको सङ्ख्या दुवै अनुमान गरे भन्दा उल्लेखनीय रुपमा वृद्धि हुने चेतावनी पनि दिइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड विरुद्ध सरकारले कुनै रणनीति नअपनाए जनवरी १ सम्म मृत्युको सङ्ख्या ६ लाख २० हजार पुग्ने यसअघि आइएसएमइको रिपोर्टमा पनि जनाइएको थियो । रिपोर्टका अनुसार अहिले मास्क प्रयोग गर्न अस्वीकार गरेका क्षेत्रमा संक्रमण दर उच्च बिन्दुमा पुगेको छ । यसैकारण डिसेम्बरसम्म पनि यस्तै भइरहने हो भने दैनिक ३ हजारसम्मको मृत्यु हुन सक्ने आइएचएमइले जनाएको छ । 

पछिल्लो समय अमेरिकामा देखा परिरहेका नयाँ संक्रमितहरु १८ देखि २४ को उमेरका रहेका छन् जुन स्कुल कलेज खुलाइएपछि अझ बढ्दै जानेमा विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । जस्तै अगस्ट महिनामा मिसोउरीमा मात्र सो उमेर समुहका ७ हजार भन्दा बढी कोरोना पोजेटिभ भएको पाइएको हो । यसमा स्वस्थ युवाहरुमा कोभिडको लक्षण सामान्य मात्र हुने र छिटै ठीक हुने गरेपनि उनीहरुले थाहा नपाइ भाइरसलाई जेष्ठ नागरिक वा संवेदनशील स्वास्थ्य अवस्था भएको व्यक्तिसम्म पुर्याउन सक्छन् । यसकारण पनि युवाहरुले सावधानी अपनाउन र जिम्मेवार रहन महत्वपूर्ण छ नत्र यसको परिणाम भयानक हुने स्वास्थ्यविद्हरुले चेतावनी दिँदै आएका छन् । सिएनएन  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC