site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ठूला छिमेकी हुँदा आडभरोसा जति हुन्छ त्यसभन्दा बढी डरत्रास र जोखिम हुनेरहेछ । संसारभर देखिएको ‘साँढेको जुधाइमा बाच्छाको मिचाइ’ प्रवृत्तिबाट नेपाल पनि जोगिन सकेको छैन । इतिहासमा त कतिपय पटक भारत र चीनसँग नेपालले युद्ध नै गर्नुपरेको थियो । बीसौं शताब्दी यता प्रत्यक्ष भिडन्त त भएको छैन तर भारत र चीनको विवाद र मेलमिलाप दुवैमा नेपालले भने पाउनेभन्दा बढी गुमाएको छ । हालैका महिनाहरूमा भारत र चीनको सीमामा  तनाव बढेको छ । यही कारणले भारत र चीनले सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको समाचार सार्वजनिक भएका छन् । यस क्रममा भारतसँगै चीनले पनि सीमामा सैनिक गतिविधि बढाउँदा त्रिदेशीय सीमा क्षेत्रमा पर्ने नेपाली भूभागको आकाशमा भारतीय सैनिक विमानको गतिविधि बढेकोे समाचार आएको छ । नेपाली आकाशमा भारतीय सैनिक गतिविधि बढ्दा सीमा क्षेत्रका बासिन्दा भने त्रसित भएको हुनुपर्छ । 

आपसी सम्बन्ध सुमधुर भएका बेला चिनियाँ र भारतीय शासकहरूले नेपाल सरकारको सहमति नै नलिई नेपाली भूभागसमेतबाट व्यापार नाका खोल्ने सम्झौता गरे । नेपालसँग मित्रताको जति नै गुड्डी हाँके पनि चिनियाँ र भारतीय शासकले नेपालको सार्वभौम सत्ताको कसरी उपेक्षा गर्छन् भन्ने यो ज्वलन्त उदाहरण हो । लिपुलेकबाट व्यापार नाका खोल्ने चीन र भारतको सम्झौताप्रति नेपालले आपत्ति जनायो । चीनले सामान्य प्रतिक्रिया प्रकट गरे पनि भारतले आपत्तिको समेत बेवास्ता गरेको थियो । भारतसँगको लिपुलेकवाला सम्झौता सच्याउन पहल नगरेकाले चीनको प्रतिक्रिया पनि औपचारिकतामात्र रहेछ भन्ने स्पष्ट हुन्छ । भारतले त लिपुलेक, लिम्यिाधुरा र कालापानी क्षेत्रको नेपाली भूभागमा कब्जा नै गरेको छ । नेपालले आफ्नो भूभाग समेटेर जारी गरेको नक्सालाई अमान्य घोषित गरेर आफ्नो बलमिचाहा नियत सिद्ध पनि गरेको छ । समग्रमा नेपालले सिक्नुपर्ने पाठ हो — आफ्नो गाँठो बलियो बनाउनु छिमेकीको भर नपर्नू ।

काठमाडौंमा सत्ताको लुछाचुँडीमा रमाएकाहरूका लागि सीमामा ‘जंगे पिलर’ उखेलिँदा, हराउँदा वा सारिँदा खासै चिन्ताको विषय हुने गरेको छैन । शासकको विलासमा मेची र महाकाली पारिका सबै भूभाग लडाइँमा हार्दा त फरक परेन । पश्चिमी छेउको विकट भूभागमा भारतले कब्जा गर्दा काठमाडौंका शासकहरूलाई केही फरक नपर्ने रहेछ । बेलाबखत राष्ट्रियता र सार्वभौम सत्ताका नाममा केही चटक देखाउन सके जनताको आँखामा छारो हाल्न सकिइहाल्दो रहेछ । तर, सीमामा बस्नेहरूले त यिनको हेलचेक्य्राइँ, उदासीनता र बदनियतको फल भोग्नुपर्छ । चिनियाँ गतिविधिको निगरानी गर्न नेपाली आकाशमा भारतीय हवाइ गस्ती बढेको हो भने कुनै पनि क्षण झडप हुनसक्ला । त्यस अवस्थामा निर्दोष नेपाली नागरिकले पनि त्यस्तो झडपबाट हुने विध्वंश भोग्नुपर्ने हुनसक्छ । नेपाल सरकारले भारतीय वा चिनियाँ पक्षको भिडन्त रोक्न त नसक्ला तर नेपालीको जिउधनको सुरक्षा गर्ने कर्तव्यबाट त विमुख हुन मिल्दैन । यसैले नेपाली भूभागमा भारतीय हवाई गस्ती भएको हो भने तत्काल बन्द गर्न नेपाल सरकारले भारतसँग कूटनीतिक माध्यमबाट प्रयास थालोस् । साथै सीमा क्षेत्रका जनतालाई सुरक्षाको भरोसा पनि दिलाउनु आवश्यक देखिन्छ । कमिसन र नियुक्तिमात्र हैन सुरक्षा पनि सरकारकै जिम्मामा जो हुन्छ ।           
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC