site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
डा. कृष्णजंग राणाका दुई गजल
Sarbottam CementSarbottam Cement

गजल – १
    

सधैँ जिन्दगीमा रमाएर हेरौँ
मुलुकमै पसिना बगाएर हेरौँ ।

के पिँजडाको पन्छी सुखी हुन्छ कहिले
चरा नै हावामा उडाएर हेरौँ ।
 
यहाँ जिन्दगीको कहाँ मूल्य छ र ?
स्वयम् आफ्नो आदर जगाएर हेरौँ ।

बहुत दूर जानु छ, सुनसान बाटो 
विजयको पताका उठाएर हेरौँ ।

Prabhu Bank
Agni Group
NIC Asia

सफल हुन्न कहिले कि रोएर जीवन
सबैमा नै हाँसो फिँजाएर हेरौँ ।

० ० ०

Global Ime bank

गजल – २
यस धरामा जिन्दगीको सार खोज्दै छु
आम जनताको यहाँ अधिकार खोज्दै छु । 

छट्पटी यस जिन्दगीमा रोज बढ्दै छ 
भोलि झन् यस देशको अनुहार खोज्दै छु । 

लौ न किन शमशानबाट पीरको क्रन्दन
जिन्दगीमा पीरको उपचार खोज्दै छु ।

तनमा दुक्ख त छँदैछ, मन बनोस् निर्मल
जिन्दगीमा प्रेमको संसार खोज्दै छु ।

ब्रह्मज्ञानीले बनायो प्रेमको मन्दिर
प्रेमको गंगा बगोस्, अवतार खोज्दै छु ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  ०६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC