site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 साउदी अरेबियाका 'नारकीय' हिरासतमा हजारौं अफ्रिकी आप्रवासी
Ghorahi CementGhorahi Cement

रियाद । विश्‍वकै सम्पन्‍न राष्ट्रहरुमध्येको एक साउद अरेबियाले हजारौं अफ्रिकी आप्रवासीहरुलाई कोभिड-१९ नियन्त्रणको प्रयास भन्दै जघन्य अवस्थामा थुनिएका छन् ।

द सन्डे टेलिग्राफले गरेको अनुसन्धानका क्रममा उक्त हिरासतमा रहेका आप्रवासीले मोबाइलबाट पठाएका तस्बिरहरुमा दर्जनौं पुरुषहरुलाई दयनीय अवस्थामा एउटा सानो बन्द कोठामा राखिएको देखिन्छ । अरबको गर्मीमा कमिजविहीन देखिएका ती पुरुषहरुलाई खाँदेर लाइनबद्ध राखेको देखिन्छ । 

Agni Group

एउटा तस्बिरमा सोही कोठामा उनीहरुसँगै बैजनी र सेतो कम्बलमा शव बेरेर राखिएको देखिन्छ । उनीहरुका अनुसार ती आप्रवासी व्यक्तिको 'हिटस्ट्रोक' का कारण मृत्यु भएको र त्यहाँ बाँचेका अरुपले पनि पर्याप्त खाना र पानी पाएका छैनन् । 

अर्को एक तस्बिरमा एक अफ्रिकी व्यक्ति भित्रबाट टायल लगाइएको भित्तामा झ्लाबाट झुण्डिएको देखिन्छन् । मृतकका साथीहरुका अनुसार बाँच्‍ने आशा हराएपछि उनले आत्महत्या गरेका हुन् ।  उनीहरुलाई अप्रिलदेखि उक्त 'नारकीय हिरासत' राखिएको  छ। 

Global Ime bank

धेरै आप्रवासीहरुको पिठ्युमा दागहरु देखिन्छन् । उनीहरुलाई जातीय शोषण गर्दा त्यहाँका गार्डहरुले निर्घात कुटपिट गरेका हुन् । "यो नरक हो । हामीलाई जनावरहरूजस्तो व्यवहार गरिन्छ र हरेक दिन कुटपिट गरिन्छ,” एक इथियोपिका आबेबेले भने । उनी चार महिनाभन्दा बढी समयदेखि उक्त हिरासत केन्द्रमा थुनिएका छन् । 

“यदि मैले यहाँबाट निस्किने कुनै मार्ग भेटिन भने म आत्महत्या गर्नेछु । केहीले यसअघि नै आत्महत्या गरिसकेका छन्,” उनले एक मध्यस्थतामार्फत उक्त हिरासतमा पुर्‍याइएको फोनमार्फत कुराकानी गर्दै भने । 

"मेरो अपराध भनेको राम्रो जीवनको खोजीमा मेरो मुलुकलाई छोड्‍नु हो । तर, तिनीहरूले हामीलाई हत्याराजस्तो गरी कोर्रा र बिजुलीको झट्का लगाइन्छ ।”

सार्वजनिक भएका तस्बिर र तथ्यहरुले मानव अधिकारकर्मीहरुलाई आक्रोशित बनाएको छ । विश्वव्यापी रुपमा 'ब्ल्याक लइभ्स म्याटर' को पक्षमा प्रदर्शनहरु भइरहँदा साउदीमा हजारौं मानिसहरु नारकीय जीवन बाँचिरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC