site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उद्धारमा र राहत वितरणमा खट्न कांग्रेस संसदीय दलको आग्रह
Ghorahi CementGhorahi Cement

पोखरा । १४ जनाको मृत्यु तथा २४ जना बेपत्ता हुने गरी बागलुङको ढोरपाटन नगरपालिकास्थित बोबाङमा आएको बाढी-पहिरोप्रति नेपाली कांग्रेस संसदीय दल गण्डकीले शोक व्यक्त गर्दै राहत वितरण र खोजीकार्यमा जुट्न आग्रह गरेको छ ।

ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीका कारण १५ दिने शिशुसहित २४ जना बेपत्ता छन । मृतक १४ मध्ये ४ जनाको परिचय खुलेको छ । उक्त प्राकृतिक प्रकोपले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति कांग्रेस संसदीय दलले स्तब्ध बनाएको भन्दै समवेदना प्रकट गरेको छ ।

Agni Group

दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले “घटनामा परि ज्यान गुमाउनुहुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार एवं आफन्तजनमा नेपाली कांग्रेस संसदीय दल गण्डकी गहिरो समवेदना प्रकट गर्दछ” भनेका छन् । साथै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै खोजी, उद्धार र उपचारमा संलग्‍नलाई धन्यवाद दिँदै राहत वितरणमा लाग्‍न आग्रहसमेत गरेका छन् ।

दलका तर्फबाट आवश्यक सहयोगका लागि आफूहरु तयार रहेको र सरकारलाई उद्धार, राहत र पुनर्स्थापनामा लाग्‍नसमेत उनले ध्यानाकर्षण गराएका छन् । बिहीबार मौसम खराबीका कारण पोखराबाट काठमाडौं फर्किएका गृहमन्त्री शुक्रबार प्रभावित क्षेत्रमा गएका छन् । उता, बिहीबारै कांग्रेस क्षेत्रीय सभापतिसहित उपनिर्वाचनमा बागलुङ २ (ख) का उम्मेदवार बनेका जित शेरचनसहितको टोलीले भने बिहीबारै राहत वितरण गरेको छ ।
फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC