site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 हिमालय एअरलाइन्सले सार्वजनिक गर्‍यो नियमित र चार्टर उडानको भाडादर 
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालय एयरलाइन्सले नियमित एवं चार्टर उडानको भाडादर सार्वजनिक गरेको छ । 

सरकारले अन्तर्राष्ट्रिय उडान पुनः सञ्‍चालन गर्ने निर्णय गरेसँगै हिमालय एअरलाइन्स्ले सहजै पीसीआर उपलब्ध गन्तव्यहरु (छोड्ंछिडं, क्‍वालालम्पुर र आबुधावीको उडानहरु सञ्‍चालन गर्न अनुमति प्राप्त गरेको छ । पीसीआर परीक्षणको उपलब्धता कठिन भएका अन्य उडान गन्तव्यहरुमा सरकारको निर्णय अनुरुप नै चार्टर उडानमार्फत नेपालीलाई स्वदेश फिर्ता गर्ने कार्य सुचारु रहने कम्पनीले जनाएको छ । 

विदेशमा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन उद्घार उडानहरुको लागि एयरलाइन्सले दबाम, रियाद, ढाका, दोहा, कुवेत, बहराइन, माले, सिंगापुर  र इस्लामाबादको चार्टर उडानको भाडा दर सार्वजनिक गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

हिमालयले यी भाडाहरु कर र एजेन्सी कमिशन सहितको रहेको जनाएको छ । प्रकाशित भाडा मात्र तीर्न तथा कसैबाट कुनै प्रकारको अतिरिक्त भाडाको माग भएको अवस्थामा तुरुन्त एअरलाइन्स्लाई जानकारी एयरलाइन्सले आग्रह गरको छ । 
 
यसैगरी हिमालय एयरलाइन्सले नियमिततर्फ काठमाडौं-अबुधावी-काठमाडौं र काठमाडौं-क्‍वालालम्पुर-काठमाडौंको भाडा दर सार्वजनिक गरेको छ । 

नियमित उडानहरुका लागि उपलब्ध सिट ग्लोबल डिस्ट्रीब्युसन सिस्टम (जीडीएस) बाट बुक गर्न सकिने कम्पनीले जनाएको छ । ट्राभल एजेन्सीहरुले ग्लोबल ड्रिस्ट्रीब्युसन सिस्टम (जीडीएस) बाट सिटहरु बुक गर्न सक्नेछन् । 

Global Ime bank

नियमित उडानको भाडादर प्रतिस्पर्धी मूल्य निर्धारण, उडान अर्थशास्त्र र बजार स्थितिको अध्ययनका साथ अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रहेको एयरलाइन्सले जनाएको छ । 

नियमित उडानको भाडादरम पनि सम्पूर्ण कर सहितको रहेको तर एजेन्सी सेवाशुल्क समावेश नगरिएको कम्पनीले जनाएको छ । ट्राभल एजेन्सीले उपयुक्त सेवा लागु गर्नसक्ने एयरलाइन्सले जनाएको छ । कोभिड- १९ मा सेवा प्रदान गर्ने क्रममा सरकारको निर्देशन पालना गर्दै उडान भाडादर उपयुक्त राख्‍ने निरन्तर प्रयास रहने हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC