राजनीति
काठमाडौं । नेपाली कांग्रेसले बागलुङको ढोरपाटन नगरपालिकामा पर्ने भुजी खोलामा गएको बाढीपहिरोको घटना प्रति दुःख व्यक्त गरेको छ ।
सभापति शेरबहादुर देउवाले वडा नं. ७, ८ र ९ मा बुधबार राति गएको बाढीपहिरोबाट ११ जना मृत्यु, दुई दर्जन भन्दा बढी व्यक्ति सम्पर्कविहीन र कतिपय व्यक्तिहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले बाढीपहिरोमा परी निधन भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सभापति देउवाले बाढीपहिरोमा बेपत्ता भएकाहरुकोे खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरुलाई तत्काल स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७ १८:२१
प्रतिक्रिया दिनुहोस्