site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 नर्थ क्यारोलिनाका मतदातालाई दुई पटक मतदान गर्न ट्रम्पको आग्रह 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नर्थ क्यारोलिना राज्यका मतदाताहरुलाई नोभेम्बर निर्वाचनमा दुई पटक मतदान गर्न आग्रह गरेका छन् । 

उनीले मतदाताहरुलाई एकपटक प्रत्यक्ष र अर्कोपटक हुलाकमार्फत मतदान गर्न आग्रह गरेका हुन् । विलमिङ्‌टनमा विसीटी-टिभीसँगको कुराकानीमा हुलाकमार्फत पठाइएको मतको सुरक्षाको विषयमा सोधिएको प्रश्नमा उनले भने, "उहाँहरूलाई हुलाकमार्फत पठाउन र मतदान गर्न दिनुहोस् । यदि उहाँहरुले भनेजस्तै मतदान प्रणाली राम्रो भयो भने पक्कै पनि दुईपटक मतदान गर्नुपर्दैन । हुलाकबाट पठाए हुन्छ ।" 

निर्वाचनमा एकपटकभन्दा बढी मत दिनु अपराध मानिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नर्थ क्यारोलिनाका महान्याधिवक्ता जनरल जोश स्टेनले भने, "राष्ट्रपति ट्रम्पले नर्थ क्यरोलिनाका मतदाताहरुलाई कानुन उल्लंघन गर्न उक्साइरहेका छन् ।" 

उनले थपे, "एकपटक मतदान भए-नभएको यकिन गर्नुहोस् । तर, दुईपटक मत नदिनुहोला । म नोभेम्बरमा जनताको चाहनालाई समर्थन गर्न आफ्नो शक्तिले सकेजति गर्नेछु ।" 

Global Ime bank

अमेरिकी महान्यायाधिवक्ता विलियम बारले राष्ट्रपति ट्रम्पले मतदान प्रणालीको निगरानी क्षमता राम्रो नभएको तर्फ संकेत गर्न खोजेको बतएका छन् । दुईपटक मतदान गर्न गैरकानुनी मानिने उल्लेख गर्दै उनले भने, "त्यो राज्यमा कस्तो कानुन त मतदानसम्बन्धी, मलाई थाहा छैन ।" 

बारले राष्ट्रपति ट्रम्पलाई समर्थन गर्दै नोभेम्बर ३ मा हुने निर्वाचनमा हुलाकमार्फत मतदान गर्नु ठगी गर्न सकिने जोखिम उच्च हुने बताएका छन् । 

हुलाकबाट मतदान गर्दा ठगी र कमजोरी हुनसक्ने भन्दै सुरुदेखि नै विरोध गर्दै आएका छन् । तर, विज्ञहरुले भने अमेरिकामा कुनै पनि किसिमको मतदानमा फ्रड हुन नसक्ने बताएका छन् ।

आगामी नोभेम्बर ३ मा अमेरिकाको राष्ट्रपति निर्वाचनका लागि ट्रम्पले डेमोक्रेटिक उमेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।  - रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC