




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई बनाउने कि डा. युवराज खतिवडालाई निरन्तरता दिनेलगायतका विषयमा छलफल भएको थियो ।
दुई अध्यक्षबीच भएको छलफलपछि कार्यदलले बुझाएको प्रतिवेदन र राष्ट्रियसभामा कसलाई पठाउने भन्नेबारेमा बिहीबार बोलाइएको सचिवालय बैठकमै छलफल गर्ने विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ । पछिल्लो समयमा नेकपा उपाध्यक्ष गौतमले आफू नै राष्ट्रियसभामा जाने बताएपछि ओली अप्ठेरोमा परेका छन् ।
उनले अर्थमन्त्रीसमेत रहेका खतिवडालाई नै निरन्तरता दिने तयारी गरेका थिए । ओलीले गौतमलाई पनि ल्याउने र खतिवडालाई पनि निरन्तरता दिनेगरी कुनै बाटो निकाल्न सकिन्छ कि भन्ने विषयमासमेत छलफल गरेको स्रोत बताउँछ । नेकपा सचिवालय बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ ।





