site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आफ्नो रकम फिर्ता माग्दा पुजारीको हत्या, हत्यामा संलग्न दुईजना सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  रौतहटको माधवनारायणस्थित नगरपालिका २ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेकामा नरेश राउत पटेल र बालकुमार पटेल छन् । पुजारीले आफ्नो रकम फिर्ता मागेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

प्रदेश २ प्रहरी कार्यालयका डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरुले कटुवा पेस्तोल प्रहार गरी पुजारीको हत्या गरेका थिए ।  अनुसन्धानको क्रममा नरेश पटेलका बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको खुलेको छ । 

Agni Group

यस्तै मृतक पुजारीको मन्दिर नजिक तीनवटा रक्सी पसल रहेको र रक्सी सेवन गरेपछि मन्दिरमा आएर खुट्टा धुने, पानी खाने क्रममा पटेल र पुजारीबिच हत्या हुनुभन्दा तीनदिनअघि विवाद भएको, गाउँमा हुने विभिन्न छलफलका क्रममा पुजारी र पटेलबीच पटक–पटक फरक मत राख्दा विवाद भएको खुलेको डीआइजी सिंहले बताए । उनका अनुसार घटनामा संग्लन अन्यको खोजी कार्य जारी छ ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC