site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नाफा दुई गुणाले बढेपछि ‘जुम’ को आम्दानी अकाशियो 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बीबीसी । लोकप्रिय ‘भिडियो कन्फ्रेन्सिङ एप– जुम’ को नाफा कोरोना संकटका बेला दुई गुणाले बढ्दा कम्पनीको आम्दानी दोस्रो क्वाटरमा ३५५ प्रतिशतले वृद्धि जुमले बताएको छ ।  जुलाइको अन्त्यसम्म तीन महिनामा, कम्पनीले ६६ करोड ३५ लाख डलर कमाइ गरेको छ । यसमा जुमलाई १८ करोड ६० लाख डलर बराबरको नाफा भएको हो जुन विश्लेषकहरुको अनुमान भन्दा बढी हुन जान्छ । यो वृद्धि अघिल्लो वर्ष यहि समयको तुलनामा ४५८ प्रतिशतले धेरै रहेको कम्पनीको भनाइ छ । 

कोरोना महामारीका कारण विश्वव्यापी रुपमा जारी लकडाउनले मानिसहरुलाई घरबाटै काम गर्न बाध्य बनाएपछि जुमको प्रयोग अप्रत्याशित रुपमा बढेको हो । यसबीच सोमबार कम्पनीको शेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । तर चीनसँगको सम्बन्ध बारे यसअघि जुम विवादमा पनि आएको छ । चीनमा कम्पनीका ७०० भन्दा बढी स्टाफहरु छन् भने अधिकांश उत्पादक टोली पनि त्यहीँ भएकाके हुँदा अमेरिकाले सरकारी प्रयोजनका लागि यो एप योग्य नभएको यसअघि चेतावनी दिएको हो ।  

जुमसँगै यसका अरु प्रतिस्पर्धी, किस्को, वेबेक्स र माइक्रोसफ्ट टिम लगायतका भिडियो एपहरुको प्रयोग पनि पछिल्लो समय एक्कासी अधिक वृद्धि भएको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC