site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोरङमा निषेधाज्ञालाई निरन्तरता, बजार-पसल भने ४ बजेसम्म खुल्ने
Sarbottam CementSarbottam Cement

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई निरन्तरता दिएको छ । एक साताका लागि अर्थात भदौ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको हो । तर, अब बजार भने अपरान्ह ४ बजेसम्म खोल्न पाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञासम्बन्धी सूचनामा बजार तथा पसल अपरान्ह ४ बजेसम्म खुदा गर्न पाइने उल्लेख छ । अहिले भने मध्यान्‍न १२ बजेसम्म मात्र बजार र पसल खुल्दै आएका छन् । शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्‍चालनमा रोक लगाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सैलुन, ब्युटीपार्लर, गुद्रीबजार, हाटबजार, जिममखानालगायत भने खोल्न नपाइने भएको छ । यस्तै भेला, महोत्सव, जात्राजस्ता सामूहिक गतिविधि गर्न पनि रोक लगाइएको छ । 

सार्वजनिक सवारीसाधन बन्द रहने छन् । बाहिरी जिल्लाका सवारीलाई पनि आउन रोक लगाइएको छ । जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन भने सञ्‍चालन गर्न पाइने भएको छ । सिटीरिक्सा पनि चल्न पाउने छन् ।

Global Ime bank

जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारी कार्यालयले आलोपालो गरी न्यूनतम कर्मचारी खटाएर भदौ २१ गतेबाट तालिका अनुसार सेवा दिनुपर्ने छ । 

उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्‍चालन गर्न पाउने छन् । राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पाइने छैन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC