site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
निषेधको रणनीति विफल 
Sarbottam CementSarbottam Cement

कोभिड – १९ को संक्रमण अब समदायस्तरमा पुगिसक्यो । यसलाई रोक्न सरकारले पटक पटक बन्दाबन्दी, निषेधाज्ञाजस्ता उपाय अपनायो । तर, संक्रमण रोकिएन । सरकार भने आफूले अपनाएको विधि र रणनीति सही नभएको स्वीकार गरेर सच्याउन तयार देखिएन । सरकारी अधिकारीहरू सरकारले अपनाएको रणनीतिकै कारण महामारी भयावह नभएको तर्क दिन्छन् । बेलैमा बन्दाबन्दी गरिएकै कारण स्थिति अझै नियन्त्रणबाहिर नगएको उनीहरूको मान्यता छ ।

पछिल्लोपटकको निषेधाज्ञाले पनि उपत्यकाको जनजीवन कष्टकर त भयो तर संक्रमण नियन्त्रणमा उपयोगी भएको देखिएन । कम्तीमा पनि सरकारले नै सार्वजनिक गरेका तथ्यांकका आधारमा पनि कोभिड– १९ को संक्रमण नियन्त्रण गर्न सरकार सफल भएको मान्न मिल्दैन । यत्ति हो यस्तो विफलता स्वीकार गरेर बाटो बदल्न राजनीतिक नेताहरु तयार हुँदैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड — १९ को संक्रमण नियन्त्रणका लागि अहिलेको निषेधको रणनीतिमा पुनर्विचार गर्नैपर्ने देखियो । अहिलेको निषेधाज्ञा र सरकारले अपनाएको अरु उपायका भरमा संक्रमण नियन्त्रित हुन सक्तैन भन्ने धारणा संक्रामक रोगका विज्ञ र जनस्वास्थ्यविदले प्रकट गरिरहेका छन् । अर्कातिर अरु रोगका बिरामीले समेत उपचार नपाएर अस्पतालका ढोका चाहार्दा चाहर्दै ज्यान गुमाउनु परेको दुःखद समाचार सार्वजनिक भइरहेका छन् ।

मातृशिशु स्वास्थ्यका क्षेत्रमा विगत केही दशकको उपलब्धि गुम्ने लक्षण अध्ययनहरुबाट देखिइसकेको छ । कोभिड–१९ बाट स्वास्थ्यमा जत्तिकै गम्भीर प्रभाव शिक्षा र अर्थमा पनि परेको छ । अर्थतन्त्र थला पर्ने जोखिम देखिएको छ भने उद्यमी व्यवसायीले अर्थतन्त्र उकास्न निकै कठिन हुने डर मान्न थालेका छन् । विडम्बना, सरकार भने रणनीति सच्याउन तत्पर देखिँदैन ।         

Global Ime bank

लामो अवधिको बन्दाबन्दी र निषेधाज्ञाबाट मूलतः साना व्यवसायी र श्रमिकहरु सम्भवतः सबैभन्दा बढी आक्रान्त भएका छन् । सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यक्त चिन्ता हेर्दा जनसाधारणमा महामारीभन्दा भोकमरीबाट मरिने डर बढी देखिन थालेको छ । जनसाधारणको यस चिन्तालाई बेलैमा सम्बोधन नगर्ने हो भने यसले निराशा, अवसाद र वितृष्णा जन्माउन बेर लाग्दैन ।

यसै पनि बन्दाबन्दी यता आत्महत्याका घटनामा निकै वृद्धि भएको छ । घरभित्र खुम्चिएका विशेषगरी सहरी क्षेत्रमा एउटा वा दुइटा कोठा भाडामा लिएर बस्ने परिवारका बालबालिका निकै आत्तिएको हुनुपर्छ । यसैले अब निषेध गर्ने हैन सकेसम्म सबै क्षेत्र खुलाउने तर सुरक्षा र सावधानी अपनाउने रणनीति अपनाउनु आवश्यक छ । सार्वजनिक यातायातलाई यात्रुका लागि सुरक्षित बनाउन बन्दाबन्दीका बेलामा ध्यान दिइएन ।

सम्भवतः निषेधाज्ञा पनि त्यसै खेर गयो । यस्तै, शैक्षिक सत्र खेर जान नदिने उपाय पनि खोज्नुपर्ने देखिन्छ । दसै आउनुभन्दा महिना दिन पहिले नै सार्वजनिक यातायात सहज बनाएर घर जान चाहनेलाई सुरक्षित यात्राको व्यवस्था मिलाउन सकेमात्र पनि जनतालाई धेरै सहज हुनेछ । ईकमर्स रोकेर पसलैपिच्छे भिड बढाउने शैलीको मूर्खता गर्न छाडेर सरकारले जनताका कुरा सुन्ने र कष्ट निवारण गर्ने प्रयास गर्ला त ?      
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC