site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
आर्थिक मन्दी हुनबाट जोगाऔं, आर्थिक क्रियाकलाप चलायमान बनाउन यस्ता व्यवस्था गरौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । निशेधाज्ञाले व्यवसायीलाई चिन्तित बनाएको छ । उद्योगी व्यवसायीको मनोबल गिराएको छ । चार महिना लकडाउन हुँदा उद्योगी व्यवसायी जति चिन्तित थिए, आज निशेधाज्ञा हुँदा त्योभन्दा बढी चिन्तित र निराश भएका छन् । 

यसले उद्योगी व्यवसायी मात्रै नभइ कर्मचारीहरुलाई पनि निकै असर पुर्‍याएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को संक्रमण निरन्तर बढी रहेको अवस्थामा रोकथाम तथा नियन्त्रण प्रभावकारी बनाउने सम्बन्धमा नागरिककोको पनि दायित्व रहन्छ । तर यसबाट जोगिन नागरिकहरु पनि अझै सचेत हुनुपर्छ । 

जसरी कोरोनासँग नागरिक सचेत हुनुपर्छ, त्योभन्दा बढी सचेत मुलुकलाई आर्थिक मन्दीबाट जोगाउन सरकार हुनुपर्ने देखिन्छ । लकडाउन वा निशेधाज्ञा समाधान होइन । यसलाई सधै हतियार बनाइनु हुँदैन । आजका लागि हामीले यसको रोकथाममा मात्रै ध्यान दिन भनेर लकडाउन वा निशेधाज्ञा मात्रै गर्ने हो भने मुलुकको अर्थतन्त्र भोलि उठ्नै नसक्ने गरी समस्यामा पर्न सक्छ । रोगले भन्दा भोकले सर्वसाधारण मर्न थालिसकेका छन् । हो, हामीले कोरोना भाइरसलाई सामान्य रुपमा लिनु हुँदैन तर, यसो भनिरहँदा कति दिनसम्म घरभित्रै बस्ने ? कति दिनसम्म अर्थतन्त्रलाई चलायनमा बनाउनबाट रोकिरहने ? 

Prabhu Bank
Agni Group
NIC Asia

विश्व स्वास्थ्य संठगनको भनाईलाई आधार मान्ने हो भने कोरोनासँग लड्न अझै दुई वर्ष लाग्छ । के हामी त्यो बेलासम्मै लकडाउन वा निशेधाज्ञा गराएर बसिरहने ? कदापि हुँदैन । विश्वका केही मुलुकहरुले लकडाउन नगरी कोभिड नियन्त्रणतर्फ महत्वपूर्ण उपलब्धी हासिल गरेकोले हामी पनि सोही मोडलमा जानु पर्छ । तसर्थ व्यापक रुपमा मास ट्रेङिङ्ग गरिनुपर्छ, ट्रेसिङलाई तिब्रता दिनुपर्छ ।  

ट्रेसिङलाई तिब्रता दिदै अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको निशेधाज्ञाको मोडालिटीमा परिवर्तन ल्याउनु आवश्यक छ । आजको आवश्यकता लकडाउन वा निशेधाज्ञाभन्दा पनि सीमावर्ती क्षेत्रमा कडाईको आवश्यकता हो । सीमावर्ती क्षेत्रबाटबाट नेपालमा आम जनसमुदायको निर्वाध रुपमा प्रवेश भएको कारणले कोभिडको प्रकोप बढेको देखिन्छ । 

Global Ime bank

यो प्रकोप नियन्त्रण गर्न तत्काल सीमावर्ती क्षेत्रमा निर्वाध रुपमा हुने गरेको प्रवेशलाइए कडाइका साथ नियन्त्रण गरिनुपर्छ । र, भविष्यमा पनि यस्तै प्रकोप भएमा त्यसलाइ समयमै सम्वोधन गर्न नेपाल प्रवेश गर्ने सीमा नाकाहरुमा परिचयपत्रको आधारमा प्रवेश गर्न दिनका लागि दीर्घकालीन दृष्टिकोणले सीमा व्यवस्थापन गरिनुपर्छ । यसबाट दुइ मुलुकबीचको अनधिकृत व्यापार नियन्त्रण गर्न पनि सघाउ पुग्न जानेछ । 

उपत्यका प्रवेश गर्ने ५ वटै नाकाहरु (थानकोट, सांगा, दक्षिणकाली, ककनी, मेलम्चीबाट आउने साँखु नाकामा) अझै कडाइको आवश्यकता देखिन्छ । सीमावर्ती नाकासहित उपत्यकाभित्र आउने नाकामा गरिएको खुकुलोपनाको परिणाम अहिले भोगिरहेका छौं । उपत्यकाबाहिर जानेको हकमा भने छुट दिइनु पर्छ । राजधानी वाहिरका उच्च जन घनत्व भएका प्रमुख शहरहरुमा पनि निर्वाध रुपमा प्रवेश गर्न दिँदा प्रकोप बढने भएकोले ती शहरहरुमा पनि प्रवेशलाइ नियन्त्रण गरिनुपर्छ ।  

अहिलेको बेलामा अर्थतन्त्रलाई चलायमान बनाउन दैनिक आवश्यकताका वस्तुहरु खरिद गर्न बिहान तोकिएको समय बढाउनुपर्छ । विहान सवा ९ बजेसम्म मात्रै दैनिक अत्यावश्यक वस्तु विक्री वितरण गर्न दिदा भिडभाड बढ्न गएको छ । त्यसैले यसलाई बढाएर विहान ११ बजे सम्म कायम गरिनुपर्छ । 

अर्थतन्त्रलाई चलायमा पनि बनाउनुपर्ने आवश्यकता रहेकाले अति आवश्यक बाहेकका अन्य सामाग्रीहरु पनि उपभोक्ताहरुलाइ आवश्यक पर्ने भएकोले दिउसो  ११ बजे देखि वेलुका ५ बजे सम्म एक दिन बिराएर (वस्तु अनुसार) खोल्न दिन सकिन्छ । यो मोडालिटीले आर्थिक क्रियाकलापलाई केही हदसम्म चलायमान बनाउनु सहयोग पुर्‍याउँछ । 

यस्तै आम नागरिकसँग प्रत्यक्ष सरोकार रहने मालपोत, खानेपानी, यातायात कार्यालय, बैंक लगायतका सरकारी तथा अद्र्धसरकारी तथा सार्वजनिक निकायहरु दैनिक रुपमा ११ बजे देखि ३ बजे सम्म संचालनमा ल्याउनुपर्छ । अति आवश्यक सेवासंग आवद्धता भएकाको हकमा परिचयपत्र भएको व्यक्तीहरुलाइ आवागमन गर्न सहुलियत प्रदान गरिएकोमा सोमा दुरुपयोग भएको पाइएकोले वास्तबिक व्यक्तीहरुले सो सुबिधा उपयोग गर्न पाउने व्यवस्था मिलाउनपर्ने देखिन्छ । 

निषेधाज्ञाले उद्योग व्यवसाय पुनः ठप्प हुँदा दैनिक ज्यालादारीमा आश्रित परिबारको जिबिकामै ठूला समस्या पर्न जान्छ । त्यस्तै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भएकोले उद्योग संचालनका लागि स्ट्यान्डर्ड अपरेटिङ प्र्याक्टिस (एसओपी) बनाइ सोको आधारमा उद्योग सञ्‍चालन गर्न अनुमति दिइनपर्छ । यसको नियमनकारी निकाय समेत तोकि अनुगमन गरिने व्यवस्था हुनुपर्छ । साविक जस्तै जोर बिजोर प्रणालीमा सवारी साधन सञ्‍चालन गरिनुपर्छ । सार्वजनिक यातायात भने निषेध गरिनुपर्छ । अनलाइन बिक्रीलाई नियन्त्रण गर्न जरुरी छैन । यसबाट सामाजिक दूरी कायम हुने भएकोले यसलाइ प्रोत्साहित गरिनु पर्दछ ।

वडा, वडामा आइसोलेसन सेन्टरको व्यवस्था गरिनु पर्नेपर्छ । वडा वडामा स्प्रे गरिनुपर्छ । सवै भन्दा महत्वर्पूण पक्ष नागरिक संचेतना कार्यक्रम ल्याइनु देखिन्छ । अहिले पनि काठमाण्डौमा बिना मास्क मर्निंङ वाकमा जाने, मास्क लगाए पनि उपयुक्त तरिकाले मास्क नलगाउने गरेको देखिन्छ । यसमा तत्काल आर्थिक जरिमाना लगाउने, अटेर गरेमा कडा कानूनी कारवाइ गरि कडाई गरिनुपर्ने देखिन्छ । 

स्वास्थ्य मन्त्रालयलाई आग्रह

अन्तिममा स्वास्थ्य मन्त्रालयलाई एउटा आग्रह छ । कोरोना संक्रमणको दैनिक अपडेट गराउँदा मन्त्रालयले कुन कुन स्थानमा संक्रमण भएको हो, त्यसको पनि जानकारी गराउनुपर्छ । अहिले काठमाडौं, उपत्यका, विभिन्न जिल्लाको नाम मात्रै भन्ने गरिएको छ । सबै जिल्लाको हकमा सम्भव नभएमा काठमाडौंको हक भएपनि कुन वडा वा ठाउँ तोकिनुपर्छ । 

अहिले उल्लेख नगर्दा नागरिकमा अन्यौलता भएको छ । कससेकम स्थान समेतको जानकारी दिइएमा नागरिकहरुले स्वयम् सुरक्षाको लागि आवश्यक व्यवस्थापन गर्ने अवसर पाउने छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC