site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

महामारी नियन्त्रणमा विफल भए पनि सरकारका अरू काम भने रोकिएका रहेनछन् । सञ्चार माध्यमहरूमा प्रकाशित समाचारहरूले सरकार कम्तीमा ठेक्कापट्टा लगाउन सक्रिय नै रहेको देखिन्छ । कोभिड–१९ को संक्रमण रोक्न गरिएको बन्दाबन्दी र निषेधाज्ञाले अर्थतन्त्र ध्वस्त हुने चिन्तामा रहेका व्यवसायी र भोकै मरिने डरले आत्तिएका कामदारलाई सान्त्वना दिनैका लागि झैँ सरकारले धमाधम सरकारी ठेक्कापट्टा अगाडि बढाउँदैछ । अर्थतन्त्रलाई गति दिन सरकार कति व्यग्र छ भने सार्वजनिक खरिद नियमावली तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवं महालेखा परीक्षकको निर्देशनमा समेत ध्यान दिन भ्याएन । प्रकाशित समाचारअनुसार निर्माण स्थलको किटानजस्तो आधारभूत कामसमेत नहुँदै एक सय ६ किलोमिटर लामो रेलमार्गमा माटो भर्न सरकारले बोलपत्र आह्वान गरेर सूचना प्रकाशित गरिएको छ । नियमावलीमा निर्माण स्थल तयार नभएसम्म ठेक्का लगाउन नपाइने व्यवस्था छ । 

सरकारी व्यग्रता जत्तिकै रोचक र रहस्यपूर्ण नियन्त्रण र सन्तुलनका लागि रहेका संवैधानिक निकाय, संसदीय समिति र प्रतिपक्षको मौन पनि रहेको छ । निर्माण स्थल (साइट) तयार (क्लियर) नभईकन ठेक्का लगाउन नमिल्ने निर्देशन दिने अख्तियार र महालेखा सरकारले आफ्नो निर्देशनविपरीत ठेक्का आह्वान गर्दा पनि तमासे भएका छन् । ठेक्का लगाउन ‘साइट क्लियर’ हुनु जरुरी थिएन भने किन त्यस्तो निर्देशन दिइएको हो र जरुरी हुन्छ भने अहिले किन तमासा हेरेर बसेको हो भन्ने प्रश्नको उत्तर अख्तियार र महालेखाले दिनुपर्ने हो । परन्तु, अरूलाई जबाफदेही बनाउने निकायमा त किन चाहिन्छ र उत्तरदायिता ? संवैधानिक निकायको भन्दा पनि संसदीय समिति र प्रमुख विपक्षी दलको मौन बढी रहस्यपूर्ण देखिएको छ । बोलपत्रमा आफ्ना पार्टीका सांसदहरूसमेत सहभागी भएकै कारण प्रमुख विपक्ष सम्भावित भ्रष्टाचारको यति ठूलो काण्डमा चुप लागेको हो भने देश र स्वयं नेपाली कांग्रेसका लागि पनि यो ठूलो दुर्भाग्य सिद्ध हुनसक्छ ।

सत्तापक्षले स्वभावतः अनियमितताका यस्ता विषयलाई गौण बनाएर महत्त्व नदिन खोज्छ । भ्रष्टाचार गर्ने बदनियत रहेनछ भने पनि परिणामको हतारले शासकहरू प्रक्रिया मिच्न हिचकिचाउँदैनन् । यसैले विधि र प्रक्रिया सुनिश्चित गराएर अनियमितता तथा भ्रष्टाचार रोक्न संविधानमै त्यस्ता निकायको व्यवस्था भएको हो । साथै, लोकतान्त्रिक पद्धतिमा संसदीय विपक्षीको पनि सत्ता पक्षका अनियमितता र भ्रष्टाचार रोक्न उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । विपक्ष सत्ताको भ्रष्टाचारको मतियार भयो भने लोकतन्त्र नै जोखिममा पर्छ । यसैले रेलको ठेक्काका विषयमा नेपाली कांग्रेसले सरकारमाथि औँला उठाउने अपेक्षा गरिएको हो । दुर्भाग्य, संवैधानिक निकाय त सरकारी अनियमिततामा साक्षी भए नै विपक्षसमेत मतियार भएको देखिएको छ । ठेक्काको भागबन्डामा आफ्नो पार्टीका सांसदहरू सहभागी भएकै कारणले चुप लागेको अनुमान सत्य होइन भने नेपाली कांग्रेसले आधिकारिकरूपमा जनतालाई आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । केही नेता र बिचौलिया मिलेर राज्यको दोहन गरिरहने अनि पार्टीहरूले त्यसैको मौन समर्थन गर्ने हो भने यस्ता संगठनलाई ‘माफिया’ भने हुन्छ । भ्रष्टाचारको मतियार भएर नेपाली कांग्रेस पनि ‘माफिया’ बन्ने कि विरोध गरेर राजनीतिक दल नै रहिरहने हो ?
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC