site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अहिले देशको सबैभन्दा गरिब र पछाडि परेको भेग कर्णालीमा पुगेर प्राध्यापक डाक्टर गोविन्द केसीले जनकल्याण अर्थात् उपचार सेवा दिइरहेका छन् । तर, उनलाई त्यहाँ दीनदुःखी नेपालीको निःशुल्क उपचार गर्न नदिन कम्युनिस्ट सरकारले आफ्ना सबै अवयव परिचालन गरेको छ । कर्णालीका गाउँहरूमा स्वयंसेवकका रूपमा उपचार गरिरहेका डा. केसीलाई स्थानीय प्रशासनका विभिन्न एकाइले भने पटकपटक अवरोध गरेका छन् । यसबाट डा. केसी क्षुब्ध भन्दा पनि बढी दुःखी भएका रहेछन् । हालै विभिन्न माध्यममा सार्वजनिक उनका अभिव्यक्तिहरू अनुसार जनप्रतिनिधिले नै आफूलाई बिरामीको सेवा गर्नबाट रोकेकोमा बढी चित्त दुखेको रहेछ । पछिल्लोपटक जुम्लामा चिकित्सा सेवा दिनबाट वञ्चित गरिएका डा. केसीलाई केही साता पहिले डोल्पामा पनि उपचार गर्न रोकिएको थियो । यसरी योग्य नेपाली चिकित्सकलाई बिरामीको सेवा गर्न रोक्ने कुनै कानुनी प्रावधान भने छैन । कानुन, विवेक र तर्कका दृष्टिबाट औचित्य नभएको यस्तो निषेध शासकको शक्तिबाट उत्पन्न अहंकार र दुष्टताको अभिव्यक्तिमात्रै हो । 

पूर्वीय पुराणहरूमात्र हैन पाश्चात्य पूराकथाहरूमा पनि धेरै दोहोरिने विषय हो – दुष्टको अत्याचार र जनताको प्रतिरोध । कथाको साझा सार हुन्छ – निर्बल जनसाधारणले तामसी प्रवृत्ति भएका शक्तिशाली दुष्टहरूबाट ताडना सहनुपर्छ । उनीहरूमाथि गरिएको अत्याचारले सीमा नाघेपछि धेरैजसो असल मानिसहरूको पुकारा सुनेर कतैबाट उपकारी शक्तिशाली वीरको उदय हुन्छ । अनि अत्याचारीहरूको नाश हुन्छ । पौराणिक कथामा अत्याचारीहरू प्रायः दानव वा राक्षस हुन्छन् भने वीरहरू मानव अवतारमा प्रकट भएका देवता हुन्छन् । अर्थात् दुष्ट प्रवृत्ति शक्तिशाली भयो भने जनताले दुःख पाउँछन् र तिनलाई कष्टबाट मुक्ति दिन दैवी प्रवृत्ति भएका वीर आउँछन् । पुराणका कथामा ऋषिहरूले जनकल्याणका लागि तपस्या गर्दा राक्षसहरूले सताउँछन् र तपस्या भङ्ग गराउँछन् । अति भएपछि ऋषिहरू सङ्कटमोचकको खोजीमा जान्छन् । कुनै वीर योद्धा खोजेर ल्याउँछन् र राक्षसहरूको संहार गराउँछन् । यदाकदा तपस्याको बलले आर्जित शक्ति प्रयोग गरेर श्राप दिन्छन् र दुष्टहरूको नाश हुन्छ । जनकल्याणमा समर्पित यी चिकित्सक पुराणमा वर्णित ऋषिका सबै लक्षण देखिन्छन् । फरक यत्ति हो उनले अहिलेसम्म न कुनै वीर योद्धा गुहारेका छन् न शासनलाई श्राप नै दिएका छन् । 

डा. केसीलाई उपचार गर्न नदिएर हजारौं बिरामीलाई स्वास्थ्य सेवाबाट वञ्चित गराउने असंवैधानिक र गैरकानुनी काममा संलग्न स्थानीय प्रहरी प्रशासनका अधिकारीहरूले ‘माथिको आदेश’ देखाएर पन्छने गरेका छन् । ‘राष्ट्रसेवक’ले पालना त संविधान र कानुनको गर्नुपर्ने थियो । प्रयोग विवेकको गर्नुपथ्र्यो । दुष्टतापूर्ण आदेशको अवज्ञा गर्नसक्नुपथ्र्यो । नेपालको प्रहरी र प्रशासनमा सायद विवेक प्रयोग तथा संविधान पालन गर्ने हिम्मत भएका कर्मचारी बिरलै छन् । भएका केही प्रताडित र उपेक्षित होलान् । तैपनि, ती कर्मचारीलाई बिरामीको सेवाका लागि दुर्गम गाउँमा पुगेको विशेषज्ञ चिकित्सकलाई गैरकानुनीरूपमा सेवाबाट वञ्चित गर्नुपर्दा आत्मग्लानि भएको होला । डा. केसीलाई पटकपटक धोका दिने सत्ताधारी उनीसँग तर्सनु जनताले सत्य बुझे भने आफ्नो ‘मायावी’ शक्ति ध्वस्त हुने डरले ऋषिको तपस्या भंग गर्न राक्षस उद्यत भएको पुराणको कथाजस्तै हो । यस्तो दुष्ट प्रवृत्तिको सधैँ हार भएको कथाबाट सिकेर शासकहरूले ऋषितुल्य डा. केसी र उनीजस्तै जनताको भलो गर्न लागेका अरूलाई पनि बाधा अवरोध नगरे तिनको पनि भलो नै हुनेछ । महिषासुर बधका लागि देवताले शक्ति एकत्रित गरेर देवीलाई जस्तै जनताले कुनै योद्धालाई दुष्टहरूको विनाशका लागि शक्ति सुम्पन नपरोस् । जनताको धैर्यको परीक्षा नलिऊ !  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC