site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेयरको अठोट– राजधानीबासीलाई चाँडै धुलोबाट मुक्ति दिलाउँछु
Ghorahi CementGhorahi Cement

काठमाडौं । पहिलो चरणको चुनावबाट देशभरका ७४४ स्थानीय तहमध्ये २८३ वटाले जनप्रतिनिधि पाएका छन् । यसअघि केन्द्रीय सरकारको जिम्मेवारीमा रहेका विकासका कामहरु अब प्रदेश र स्थानीय तहसमेतको जिम्मेवारीमा परेका छन् । हिजोका दिनमा केन्द्रीय सरकारलाई विकासको प्रश्न सोध्ने स्थानीयले अब जनप्रतिनिधिको हैसियतमा आफैंले ती प्रश्नको उत्तर दिनुपर्ने अवस्था आएको छ ।


देशको राजधानी र घना बसोबास भएको काठमाडौं महानगरपालिकाले पनि जेठ १७ गतेबाट जनप्रतिनिधि पाएको छ । मुलुकको राजधानीका साथै सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय सहरको रूपमा परिचय बनाएको यस महानगरका जनप्रतिनिधिहरुले विकासका गफभन्दा पनि कामै गरेर देखाउने बताउँदै आएका छन् । 

प्रमुख, उपप्रमुख काममा केन्द्रित 
जेठ १९ गते एक कार्यक्रममा कामनपा प्रमुख विद्यासुन्दर शाक्यले त्यसपछिका कुनै पनि औपचारिक रूपमा आयोजित बधाइ कार्यक्रममा भाग नलिने बताएका थिए । भनेअनुसार नै उनी त्यसपछि बधाइ ग्रहण गर्ने औपचारिक कार्यक्रममा सहभागी भएका छैनन् । उपप्रमुख हरिप्रभा खड्गीले पनि जेठ १९ यता कुनै पनि ‘बधाइ तथा शुभकामना’ कार्यक्रममा सहभागिता जनाएकी छैनन् ।

Agni Group

“बधाइ नै लिईराख्ने हो भने त वर्षैभरि कार्यक्रमहरु भराइराख्छन् । तर हामी यस्ता कार्यक्रममा सरिक हुँदैनौं, महानगरबासीका दैनिकीसँग जोडिएका अप्ठ्याराहरुलाई कसरी सजिलो बनाउन सकिन्छ भन्नेमा नै केन्द्रित हुन्छौं,” खड्गी भन्छिन् । 

प्रमुखका १२ दिन : ठोस रूपमा के–के भए काम ?
काठमाडौंका प्रमुखले पदभार ग्रहण गरेको सोमबार १२ दिन पुग्यो । यस अवधिमा प्रमुखको सक्रियतामा सुरु भएको ‘घाम झुल्किनुभन्दा अघि नै काठमाडौंका सडक सफा पारिसक्छौं’ अभियानले गति लिएको छ । 

Global Ime bank

“हामीले १८ गते बिहीबार बिहानै बाँसबारी–महाराजगञ्ज सडकखण्ड सफा गरेर घाम झुल्किनुअघि नै काठमाडौंका सडक सफा पारिसक्छौं भन्ने अभियानलाई साकार रूप दिएका छौं,” शाक्यले भने, “सडकको फोहोर व्यवस्थापनका लागि स्थानीयको सहयोग आवश्यक हुन्छ र हामीले उहाँहरुको सहयोग पाइरहेका पनि छौं ।” काठमाडौंमा अव्यवस्थित रुपमा रहेका घुम्ती शौचालयको व्यवस्थापन पनि गरिसकिएको शाक्यले दाबी गरे । “अव्यवस्थित र अनधिकृत रुपमा राखिएको घुम्ती शौचालयले काठमाडौंको सुन्दरता बिगारेको थियो । मुख्य चोकहरुमा रहेका घुम्ती शौचालयहरुलाई तह लगाइएको छ,” शाक्यले भने । 

यस्ता छन् अबका योजना
काठमाडौंको सडक पछिल्लो समय बिगँ्रदो अवस्थामा छ । विशेषगरी मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खनेका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्ने समस्या छ । “अहिले काठमाडौंको ठूलो समस्या भनेको नै धुलोका कारण जनजीवनमा परेको असर हो । मैले सडक डिभिजन कार्यालय प्रमुखहरुलाई धुलो नियन्त्रणका लागि काम गर्न निर्देशन दिइसकेको छु । अब चाँडै नै काठमाडौंबासीले धुलोबाट मुक्ति पाउनेछन्,” प्रमुख शाक्यले भने । 

काठमाडौंका सडकमा जथाभावी थुपारिने निर्माण सामग्रीका कारण सवारी तथा पैदलयात्रुमा प्रत्यक्ष असर पुगेको बारे पनि प्रमुख शाक्य जानकार छन् । यस्तो काम गर्नेलाई कस्तो कानुनी उपचार गर्ने भनेर आफूले गम्भीरतापूर्वक सोचिरहेको उनले बताए । “सडकमा यसरी निर्माण सामग्री थुपार्ने जोसुकैलाई कारबाही हुन्छ । काठमाडौंका सडकमा अब चाँडै नै यो नियम लागु गरिनेछ,” उनले भने ।

यो नियमको कार्यान्वयनसँगै फुटपाथ व्यवस्थापन, सवारी पार्किङ, रोड फर्निचरको स्तरोन्नति, छाडा चौपाया व्यवस्थापनका लागि वैज्ञानिक नीति बनाएर ठोस रूपमा कार्यान्वयन गरिने योजना रहेको उनले सुनाए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०७४  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC