बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पेरिसमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने नियम लागु
Godraj nepal
Godraj nepal
बाह्रखरी - शुक्रबार, भदौ १२, २०७७
Laxmi Bank
Laxmi Bank

पेरिस । फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने नियम लागु गरिएको छ । कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएपछि राजधानी पेरिस र त्यससँग जोडिएका अधिकांश क्षेत्रहरुमा सार्वजनिक स्थलहरुमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने नियम लागु गरिएको हो । 

एकैदिन ६ हजार १११ जना नयाँ कोरोना संक्रमित फेला परेपछि यस्तो नियम लागु गरिएको हो । यो संख्या मेदेखिकै सबैभन्दा उच्च हो । 

Agani Group

कोरोना संक्रमणको उच्च जोखिम रहेका 'रेड जोन' को संख्या २ बाट बढाएर २१ पुर्‍याइएको छ । 

साइकलमा र पैदल हिँड्नेहरुले अनिवार्य मास्क लगाउनुपर्ने जनाइएको छ । तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन ।

sarbottam cement

पेरिस प्रहरीले एक सूचना जारी गर्दै भनेको छ, "स्वास्थ्य स्थिति लगातार बिग्रिरहेको छ त्यसैले हामीले कडा कदम चाल्नपर्ने बाध्यता आइलागेको हो ।"

फ्रान्सका प्रधानमन्त्री जिन कासटेक्सले आफू अर्को लकडाउनको पक्षमा नभएको बताएका छन् ।

फ्रान्समा हालसम्म कोरोना संक्रमणबाट ३० हजार ५०० को मृत्यु भएको छ भने करिब तीन लाख संक्रमित भएका छन् । 

पछिल्लो समय युरोपियन मुलुकहरुमा कोरोना संक्रितको संख्यामा तीव्र वृद्धि भइरहेको छ । - बीबीसी

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्