site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 बाइडेनले जिते अमेरिकी सपना 'ध्वस्त' हुने ट्रम्पको चेतावनी 
Ghorahi CementGhorahi Cement

वाशिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा राष्ट्रपतिमा जो बाइडेनले जिते अमेरिकी सपना 'ध्वस्त' पार्ने चेतावनी दिएका छन् । 

रिपब्लिकन कन्भेन्सनको अन्तिम रात सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ड्रेमोक्रेटिक उमेदवार बाइडेनलाई 'अमेरिकी महानताको विनाशकर्ता' को संज्ञा दिएका छन् । 

Agni Group

अमेरिकी सहरमा डेमोक्रेटले 'हिंसात्मक अराजकता' जारी राखेको उनले आरोपसमेत लगाएका छन् । 

ट्रम्पले आफ्नो पार्टी ह्वाइट हाउसका लागि पुन: निर्वाचित हुने विश्वास गरे । उनले भने, "अमेरिकी सपनाहरु सुरक्षित गर्ने अथवा सुन्दर गन्तव्यलाई ध्वस्त पार्न समाजवादी एजेण्डालाई अनुमति दिने भन्‍ने निर्णय निर्वाचनले गर्नेछ ।"

Global Ime bank

उनले थपे, "अमेरिकनहरुलाई कानुन अनुसार सुरक्षति राख्‍ने कि हिंसात्मक अराजकता, आन्दोलन र अपराधीहरुलाई स्वतन्त्रता दिने भन्‍ने निर्णय पनि तपाईंहरुको भोटले गर्नेछ ।"

आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि गत साता डेमोक्रेटिक उमेदवार बाइडेन र उनका समर्थकले सम्बोधन गरेका थिए । 

नोभेम्बर ३ मा निर्वाचनको मत सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन अघि देखिएका छन् । उक्त मत सर्वेक्षणहरुलाई राष्ट्रपति ट्रम्पले 'फेक' भनेका छन् । - बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC