site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रतिष्ठानमा आन्दोलनको औचित्य

कोभिड–१९ ले नेपाली जनजीवनै थिलथिलो बनाएको छ । यस अवस्थामा जनताको एकमात्र भरोसा स्वास्थ्य क्षेत्रमा कार्यरतहरुमा निर्भर छ । स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी अहिले कोभिड–१९ विरुद्धको युद्धका योद्धा हुन् । विभिन्न अस्पताल वा स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी कोभिड–१९ विरुद्ध सैनिककै जसरी कार्यरत छन् ।

आफूलाई सङ्क्रमण हुनसक्ने जोखिमको वास्तै नगरी जनतालाई सहज बनाउन खेलेको भूमिकाको कारण स्वास्थ्यकर्मी श्रद्धाका पात्र भएका हुन् । त्यसैले उनीहरुप्रति हुने कुनै पनि दुव्र्यवहारविरुद्ध देशव्यापी विरोध हुने गरेको छ भने सम्मानार्थ सकारात्मक सन्देश प्रवाह गर्ने  गरिएको छ । स्वास्थ्य क्षेत्रमा देखिएको ‘अघोषित आपतकाल’का अवस्थामा स्वास्थ्यकर्मीको सकारात्मक भूमिकाको कारण नै नागरिक तहबाट यस्ता गतिविधि भएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा स्टाफ नर्सहरुले गरेको आन्दोलनले भने स्वास्थ्यकर्मीप्रति नागरिकको सद्भावमै केही प्रश्न उठाएको देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिष्ठान धरानमा कार्यरत स्टाफ नर्सहरुले भदौ ८ देखि केही माग राखेर आन्दोलन थाले । कोभिड–१९ विरुद्ध अग्रमोर्चामा रहेका स्टाफ नर्सहरुले स्वास्थ्य सुरक्षा व्यवस्थापनको विषय उठाएका थिए । ती स्वाभाविक वा जायज माग थिए । त्यसका लागि आन्दोलन गर्नु नै नपर्ने हो । स्वास्थ्य क्षेत्रमा करिबकरिब ‘अघोषित आपतकाल’ को अवस्थामा स्टाफ नर्सहरु आफैँ आन्दोलनमा उत्रनु अस्वाभाविक विषय हो । स्टाफ नर्सद्वारा गरिएको यो आन्दोलनले नागरिकको तहबाट गरिएको स्वास्थ्यकर्मीप्रतिको भरोसाको अवमूल्यन गरेको छ । 

कोभिड–१९ को जगजगीका बेला स्वास्थ्यकर्मीबाट अस्पतालमा आन्दोलन हुने अपेक्षा गरिएको थिएन । अधिकांश स्वास्थ्यकर्मीहरु अभावबीच न्यूनतम सुविधामा कोभिड–१९ विरुद्ध मोर्चामा डटेकाछन् । हुन पनि राष्ट्रको समस्या प्रधान देखिएको अवस्थामा स्वास्थ्यकर्मी वा अरू कसैको व्यक्तिगत वा सामूहिक समस्या गौण रहन्छ । यसको अर्थ कुनै सुरक्षा उपायबिना ज्यानै जोखिममा राखेर स्वास्थ्यकर्मीले काम गर्नुपर्छ भन्ने पनि होइन । 

Global Ime bank

कोभिड–१९ ले उब्जाएको समस्यालाई आफ्नो माग पूरा गर्ने माध्यम वा शस्त्र बनाउनु नैतिकरुपमा इमानदार नदेखिनु नै हो । प्रतिष्ठानका स्टाफ नर्सले माग गरेको जोखिम भत्ता अहिले सरकारबाट नै निकासा भएको छैन । प्रतिष्ठानले त्यस विषयमा केही गर्न सक्ने अवस्था नहोला । यति त बुझिदिनु पर्ने हो । यसैगरी कार्यरत स्वास्थ्यकर्मीलाई क्वारेन्टिनको व्यवस्थाको माग सही देखिए पनि व्यावहारिकरुपले कार्यान्वयन गर्न कठिन छ । अस्पताल वा स्थानीय क्वारेन्टिनले धान्न नसकेर घरैमा बस्नुपर्ने अवस्था आएका बेला अस्पतालले स्टाफ नर्सहरुका लागि क्वारेन्टिनको व्यवस्था गर्न सक्ला र ? प्रतिष्ठानकै दुईजना कोभिड–१९ सङ्क्रमित डाक्टरहरुलाई प्रतिष्ठानको अनुरोधमा घरैमा बसेका थिए । 

सेवा सुरु गर्दा सकारिएको उपलब्ध सेवा र सुविधामा सन्तोष गरेर आपूmलाई जोगाउँदै अहिले पेसागत धर्म पूरा गर्ने बेला हो । स्वास्थ्यकर्मीका रूपमा ‘नागरिकको स्वास्थ्य’ रक्षा पहिलो कर्तव्य हो । पन्जा, माक्स, पीपीई लगायतका विषयमा लागि सम्बन्धित प्रशासनसँग संवेदनशील भएर छलफल गरे आन्दोलन नै गर्नुपर्ने अवस्था नहुनु पर्ने हो ।

प्रतिष्ठानका स्टाफ नर्सद्वारा गरिएको आन्दोलनप्रति समान्य नागरिकका रूपमा चिन्ता गर्नुपर्ने गम्भीर कारण आन्दोलनमा भौतिक दूरी कायम नगरिएको विषय हो । विश्व स्वास्थ्य संगठनले जारिगरेको भौतिक/सामाजिक दूरीको मापदण्डलाई समेत स्टाफ नर्सहरुले आन्दोलनका नाममा मिचिदिए । यो स्वास्थ्यकर्मीका हकमा त नैतिकरुपले पनि चिन्ताको विषय हो ।

भौतिक दूरीलाई उपेक्षा गरेर आन्दोलन चलिरहँदा (भदौ–१० सम्म) १२ जना स्टाफ नर्स कोभिड–१९ बाट सङ्क्रमित देखिए । कदाचित्, कुनै आन्दोलनकारी कोभिड–१९ बाट सङ्क्रमितको सम्पर्कमा परेर उक्त आन्दोलनमा आएको भए स्थिति के हुन्थ्यो होला ? त्यसैले पनि यो आन्दोलन गर्ने र आफ्नो माग पूरा गराउन दबाब दिने उपयुक्त समय थिएन । औचित्य नदेखिएको आन्दोलनले आन्दोलनकारीहरूको व्यावसायिक धर्म र निष्ठामा प्रश्न उब्जाएको छ ।
       

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  ०८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC