site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विदेशमा रहेका कामदारको उद्धारको खाका बनाउन संसदीय समितिद्वारा ध्यानाकर्षण
Sarbottam CementSarbottam Cement

 फाइल तस्बिर ।


काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले वैदेशिक रोजगारीमा गएका स्वदेश फर्किन चाहनेहरुलाई उद्धार गर्ने खाका तयार पार्न सरकारको ध्यानाकर्षण गराएको छ । समितिको बिहीबार बसेको भर्चुअल बैठकले कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन चाहनेलाई सम्बन्धित देशका दूतावाससँग समन्वय गरेर खाका तयार पार्न सरकारको ध्यानाकर्षण गराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, समितिले वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या समाधानका लागि संयन्त्र बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सम्बन्धित दूतावास एवं वैदेशिक रोजगार बोर्डको ध्यानाकर्षण पनि गराएको छ । 

वैदेशिक रोजगारीमा अवैधानिक रूपमा गएका महिलाहरूकमे वास्तविक विवरणको अभाव रहेको र दूतावासमा सहज सम्पर्कमा आउन नसक्ने हुँदा उनीहरूलाई स्वदेश फर्कन समस्या देखिएको समितिले जनाएको छ । 

Global Ime bank

यो विषयलाई शिघ्रताका साथ समाधान गर्न, अलपत्रमा परेका महिला घरेलु कामदारको विवरण अद्यावधिक गर्न, वैदेशिक श्रमिकको वर्गिकरण गरि आवश्यक्ताअनुसार उद्दार गर्ने व्यवस्था गर्न, मनोसामाजिक परामर्श प्रदान गर्न समिति महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, सम्बन्धित दूतावास र वैदेशिक रोजगार बोर्डको ध्यानाकर्षण गराउँदछझझ समितिको निर्णय छ ।

खाडी मुलुक,ओमान,ईजराईल,लगाएतका देशहरुमा रहेका महिला श्रमिक हरुको समस्या, सरकारले गरेको पहल र आगामी दिनमा चाल्नुपर्ने कदमका बिषयमा विभिन्न देसका राजदुत हरु, गैरआवासीय नेपाली संघका प्रतिनिधि महिला,पर्यटन ,श्रम मन्त्रालयका सचिव हरुसंग समितिको महत्वपुर्ण जुम मिटिङ भएको सभापति निरू पालले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC