site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कारागारमा थुनिएका कैदीबन्दीको भलाइ सरकारको प्राथमिक कर्तव्यभित्रै पर्छ । उनीहरू आफूखुसी कतै जान नपाउने भएकाले पनि सरकारले बढी निगरानी र हेरविचार गर्नुपर्ने हुन्छ । विभिन्न अन्तर्राष्ट्रिय सन्धिसम्झौता र राष्ट्रिय कानुनले पनि कैदीबन्दीको स्वास्थ्य र सुविधाप्रति सरकार बढी संवेदनशील हुनुपर्ने देखिन्छ । अर्कातिर, सामान्य मानवीय सुविधासमेत नभएका र क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारागारहरू कोभिड–१९ को संक्रमणका दृष्टिबाट  बढी नै जोखिमपूर्ण अवस्थामा छन् । सम्भवतः यिनै कारणले हालै कैदीबन्दीका तर्फबाट कैद छुट दिन माग गर्दै पत्र पठाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको हुनुपर्छ । पत्रमा कैदीबन्दीहरूलाई प्रचलित कानुनमा भएका सुविधा दिन सर्वोच्च अदालतले गत १७ वैशाखका गरेको आदेश कार्यान्वयनको पनि माग गरिएको छ । नेपालका कारागारमा अदालतबाट कैद ठेकिएका बन्दीहरूसँग पुर्पक्षमा थुनामा राखिएका अभियुक्तहरू पनि थुनिएका छन् । जघन्य अपराधमा सजाय पाएकाहरूसँगै सामान्य मुद्दामा धरौटी राख्न नसकेकाहरू पनि राखिएका छन् । 

संसारमा कारागार व्यवस्थापनमा धेरै परिवर्तन भइसकेको छ । पहिलो त अत्यावश्यक नहुँदासम्म र जघन्य अपराधमा संलग्नबाहेक अरूलाई थुनामा नराख्ने सिद्धान्त धेरै मुलुकले अपनाई सकेका छन् । थुनामा रहँदा चालचलन राम्रो भएमा कैद मिनाहा गर्ने अभ्यास पनि धेरै मुलुकमा छ । अहिले त खुला कारागार, बन्दीको प्रजनन अधिकारको सम्मान र परिवारमा पुनःस्थापनाजस्ता कारागार सुधारका अवधारणा कार्यान्वयनमा पनि आइसकेका छन् । सिद्धान्ततः नेपालले पनि कारागार व्यवस्थापनका आधुनिक प्रगतिशील अवधारणा अपनाएको छ । तर, व्यवहारमा भने राणाकाल र अहिलेका कारागारमा खासैै फरक भएको देखिएन । बन्दीहरूप्रति सरकारी कर्मचारी र सरक्षाकर्मीको दृष्टिकोणमा सुधार नभएकाले उनीहरूले पाउनुपर्ने सेवा र सुधिाबाट पनि वञ्चित गरिएका छन् । राजनीतिक इच्छाशक्ति र हस्तक्षेपको अभावमा कारागार सुधारका लागि बनेका नियम र योजना कार्यान्वयन नभएका हुन् । कारागारमा कोभिड–१९ को संक्रमण फैलियो भने स्थिति सह्माल्नै नसकिने हुनसक्छ । त्यसो जोखिम निम्त्याउनु बुद्धिमत्ता पक्कै हुनेछैन ।  

थुनामा राख्नै नपर्नेमात्र हैन राख्न नहुनेहरूसमेतलाई थुनेर राख्दा सुधार गृह भनिने कारागारहरू अपराधको पाठशाला’ बन्न पुगेको हुनुपर्छ । यस्तो अवस्था राज्यका लागि भने पक्कै पनि चिन्ताको विषय हो । अर्कातिर, कैदीबन्दीहरूको मुक्तिको प्रश्नमा पीडितहरूका दृष्टिबाट पनि राज्यले हेर्नुपर्ने हुन्छ । थुनेर राख्न नपर्ने व्यक्तिमाथि अन्याय नहुने तर दण्डहीनता देखिने गरी अपराधीले उन्मुक्ति पनि नपाउने गरेर सन्तुलन कायम राख्न सक्नुपर्छ । यसैले पहिलो चरणमा सामान्य मुद्दामा पुर्पक्षमा थुनामा राखिएका कैदीबन्दीलाई कारागारबाट जमानतमा मुक्त गरिदिए हुन्छ । त्यसको व्यवस्थापन अनुभव हेरेर धेरै वर्ष कैदमा बसेका र असल चालचलन भएकाहरूलाई कारागार मुक्त गर्न सकिन्छ । यतिमात्र गर्न सके पनि एकातिर कारागारहरूमा महामारीको जोखिम कम हुने र अर्कातिर राज्यकै ढुकुटीमा पनि केही बोझ कम हुनेछ । यसरी कैद मिनाहा गरेर छाड्दा बाल सुधार गृहमा राखिएका बालबालिकालाई पहिलो प्राथमिकता दिनुपर्छ । अनि रोगी र बूढापाकाको अवस्था हेरेर उनीहरूलाई कोभिड–१९ को जोखिमबाट मुक्त गर्नु उचित हुनेछ । यतिमात्र गर्दा पनि सर्वोच्च अदालतको फैसलाको सम्मान हुनेछ । यसैले संक्रमणको जोखिम नियन्त्रण गर्नैका लागि पनि कारागारमा रहेका बन्दीमध्ये कानुनअनुसार कैद मिनाहा हुनेहरूलाई रिहा गर्न ध्यान देला त ?कहिले कहीँ त सरकारले आफन्तको नियुक्ति र कमिसनको चक्करबाहिर यस्ता मानवीय समस्यामा पनि यसो चियाए हुने नि !  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC