site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनका ११७ दिनमा २२ सयले गरे आत्महत्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । लकडाउनका ११७ दिनमा २२ सयजना भन्दा बढीले आत्महत्या गरेको पाइएको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ गतेबाट साउन ४ गतेसम्मको अवधिमा २२ सय १८ जनाले आत्महत्या गरेका हुन् ।

यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ । प्रदेश ५ मा लकडाउनका ११७ दिनमा ४२९ जनाले आत्महत्या गरेका छन् ।

जसमध्ये २३४ जना पुरुष छन् भने १५७ जना महिला छन् । १२ जना बालक र २६ बालिका पनि छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै प्रदेश १ मा ३७१  जनाले आत्महत्या गरेका छन् । जसमा १९३ जना पुरुष र १३५ जना महिला छन् । २१ बालक र २२ बालिका पनि छन् ।

प्रदेश २ मा लकडाउनका ११७ दिनमा ३०५ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ११७ पुरुष र ११२ महिला छन् । २६ बालक र ५० बालिकाले पनि आत्महत्याको बाटो रोजेका छन् ।

Global Ime bank

वाग्मती प्रदेशमा ३८५ जनाले आत्महत्या गर्दा २१३ पुरुष र १४५ जना  महिला छन् । १० बालक र १७ जना बालिकाले पनि आत्महत्या गरेका छन् ।

गण्डकी प्रदेशमा लकडाउनका ११७ दिनमा २४६ जनाले आत्महत्या गरेका छन् । १४१ पुरुष र ८२ महिला छन् ।  ११ बालक र १२ बालिकाले आत्महत्या गरेका छन् ।

सबैभन्दा आत्महत्या कम हुने प्रदेशमा कर्णाली परेको छ ।

लकडाउनको ११७ दिनको अवधिमा कर्णाली प्रदेशमा ११९ जनाले आत्महत्या गरेका छन् ।  जसमा ७० पुरुष र ३८ महिला छन् । ५ बालक र ६ बालिका छन् ।

सुदूरपश्चिम प्रदेशमा ११७ दिनमा २०४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ११३  पुरुष, ७९ महिला, ६ बालक र ६ बालिका छन् ।

यस्तै काठमाडौं उपत्यकामा १५९ जनाले आत्महत्या गरेका छन् । जसमा ९१ पुरुष, ६३ महिला, ३ बालक र २ बालिका छन् । यसरी ११७ दिनको औसत आत्महत्याको दर निकाल्ने हो भने दैनिक १८ जनाभन्दा बढीले आत्महत्या गरेको पाइएको छ ।

लकडाउनबाहेक अन्य समयमा नेपालमा दैनिक १० देखि १४ जनासम्मले आत्महत्या गर्दै आएको प्रहरी तथ्याङ्‍कले देखाउँछ । नेपाल आत्महत्या गर्ने मुलुकमध्येको शीर्ष १०-१२ राष्ट्रभित्र पर्छ ।

विष खाएर र झुन्डिएर आत्महत्या गर्नेहरु बढी छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यसबाहेक आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर, आत्महत्या गर्नेहरु पनि छन् । आत्महत्याको कारण ठ्याक्कै भन्‍न नसकिने प्रहरी अधिकारी बताउँछन् ।

तर व्यक्तिगत तनाव, प्रेम सम्बन्धमा धोका, काममा असफलतालगायतले आत्महत्या गर्न बाध्य हुने गरेको पाइएको छ । लकडाउनको समयमा अन्य अपराध कम भए पनि आत्महत्या घट्न सकेको छैन ।  

यस्तो छ प्रदेशको अवस्था :

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC