site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भदौं १६ देखि हुने नियमित र चार्टर उडानको तालिका सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौं १६ देखि नियमित हवाई उडानको तालिका स्वीकृत गरेको छ । 

मन्त्रालयले भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृत गरेको हो । मन्त्रालयले नियमित उडानका लागि स्वदेशी एवं विदेशी विमान कम्पनीलाई अनुमती दिएको छ ।

नियमित उडानका लागि मन्त्रालयले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित कतार एयरवेज, कोरियन एयर, टर्किस्, फ्लाइ दुबई, मालिन्दो, चाईना साउर्थन, एयर अरेविया, मलेसियन एयरलाइन्स, एयर चाइना, क्याथवे ड्रागनको तालिका स्वीकृत गरेको हो ।

Agni Group

मन्त्रालयले नियमित उडान तालिका स्वीकृत गरेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स बाहेकका विदेशी विमान कम्पनीलाई भने चार्टर उडानको अनुमती दिएको छैन । चार्टर उडानको तालिका स्वीकृत हुने विदेशी विमान कम्पनीहरुमा जजिरा र सलाम एयर मात्रै छन् ।

यस्ता छन् पालना गर्नुपर्ने नियम

Global Ime bank

नियमित उडान गर्दा नेपालमा आउँदा ७२ घण्टा अगाडि पीसीआर गरेको र नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ भने त्यसपछि १४ दिन घरमै सेल्फ क्वारेन्टिनमा बस्‍ने लिखित प्रतिबद्धता जनाउनुपर्नेछ । 

यस्तै चार्टर उडानबाट नेपाल आउनेहरुले काठमाडौंमा आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने छ भने त्यसपछि १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेलगायतका व्यवस्था गरिएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC