site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ईश्वर पोखरेलका सम्धी वाणिज्य बैंकको सञ्चालकमा नियुक्त, अध्यक्ष बनाउने तयारी 
Sarbottam CementSarbottam Cement

काठमाडैं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति सदस्यमा डा. उपेन्द्रकुमार कोइरालालाई नियुक्त गरिएको छ । बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउनेगरी कोइरालालाई सदस्यमा नियुक्त गरिएको हो । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी अर्थात् छोराका ससुरा हुन् ।
कोइरालालाई मन्त्रिस्तरीय निर्णयबाट बैंकको सञ्चालकमा नियुक्त गरिएको हो । 

बैंकका अध्यक्ष रहेका निर्मलहरि अधिकारीलाई सरकारले राजश्व बोर्डमा पठाएपछि रिक्त रहेको अध्यक्ष पदमा कोइरालालाई ल्याउन सञ्चालक नियुक्त गरिएको हो ।  “अध्यक्ष हुनुभएका निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा लगेकाले कोइराला अध्यक्ष हुने गरी संचालकमा नियुक्त हुनुभएको हो,” राष्ट्रिय वाणिज्य बैंक स्रोतले जानकारी दियो । 

Prabhu Bank
Agni Group
NIC Asia

बैंकको सञ्चालक समितिको बैठक बुधबार बस्नेछ । बैंकको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, प्राडा राजनबहादुर पौडेल, रोमिला ढकाल उप्रेती, जनककुमार बराल र प्राडा माधवप्रसाद दाहाल छन् ।  बैंकका सञ्चालकहरुमध्येबाटै अध्यक्ष चुन्नुपर्ने व्यवस्था भएकाले सरकारले उनलाई अध्यक्ष नियुक्त गर्न अन्य सञ्चालकहरुलाई पहिले नै सूचित गरेर सञ्चालक नियुक्त गरिएको स्रोतको दाबी छ ।
 
पटकपटक नियुक्ती पाउने कोइलाला !

कोइरालाले यसअघि धेरै संस्थामा नियुक्ति खाइसकेका छन् । २०५१ सालबाटै नियुक्त पाउन सुरु गरेका कोइराला तत्कालीन समयमा खाद्य संस्थानको महाप्रबन्धक नियुक्त भएका थिए ।  मन्त्री पोखरेलकै जोडमा उनी त्यसबेला पनि महाप्रबन्धक नियुक्ति भएको स्रोतको दाबी छ ।  त्यसपछि महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुखमा नियुक्त भए । यसैगरी ईश्वर पोखरले वाणिज्य तथा आपुर्तिमन्त्री भएका बेला कोइरालालाई नेपाल आयल निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।

Global Ime bank

त्यसपछि उनी उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए ।  त्यतिबेला उनी गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवादित बनेका थिए ।  उक्त विषयमा सार्वजनिक लेखा समितिले छानबिन गरेपछि कोइरालाले राजीनामा दिएका थिए ।  त्यसपछि उनी फेरि मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए ।

त्यहाँ पनि उनीविरुद्ध आन्दोलन भएको थियो ।  विश्वविद्यालयमा अनियमितता गरेको भन्दै विद्यार्थीहरुले २ महिनासम्म विश्वविद्यालयमा तालाबन्दी नै गरेका थिए । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC