site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्ने फेसबुक समूहमाथि प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

बैंकक । फेसबुकले थाइल्यान्डको राजसंस्थाको आलोचना गर्ने समूहलाई प्रतिबन्ध लगाएको छ । थाइ सरकारले फेसबुकलाई कानुनी कारबाही गर्ने चेतावनी दिइएपछि फेसबुकले उक्त समूहलाई प्रतिबन्ध लगाएको हो । 

फेसबुकले बैंककले प्रतिबन्ध गर्न दबाब दिँदै कानुनी उपचार खोज्‍ने बताएपछि प्रतिबन्ध गरेको बीबीसीलाई बताएको छ । थाइल्यान्डमा अहिले सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन् । प्रदर्शकारीहरुले राजसंस्था सुधार हुनुपर्ने माग गरिरहेका छन् । 

थाइल्यान्डको कानुन अनुसार राजसंस्थाको आलोचना गर्न पाइँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

विदेशबाट खोलिएको 'रोयलिस्ट मार्केटप्लेस' नामक समूहलाई सोमबार साँझदेखि प्रतिबन्ध लगाइएको छ । 

उक्त समूहमा १० लाखभन्दा बढी सदस्य छन् । उक्त फेसबुक ग्रुप सञ्‍चालन गर्ने 'पाफिन चाचाभाल्पोन्पन'का अनुसार त्यसमा राजसंस्थाबारे गम्भीर छलफल गर्न पाइन्छ र र थाइ नागरिकहरूलाई आफ्नो धारणा स्वतन्त्रतापूर्वक राख्‍न दिइन्छ ।

Global Ime bank

उनका अनुसार उक्त समूहमा राजसंस्थाले गर्ने राजनीतिक हस्तक्षेपदेखि उसको सेनासँगको घनिष्ठ सम्बन्ध र राजाको शक्तिका बारेमा बहस हुने गरेको थियो । 

पाफिन स्वैच्छिक निर्वासनमा जापानमा भएका थाई प्राज्ञ हुन् ।

उक्त फेसबुक ग्रुपमा प्रतिबन्ध लगाएपछि नयाँ ग्रुप सिर्जना गरिएको छ । सोमबार साँझ नै सिर्जना गरिएको नयाँ फेसबुक ग्रूपलाई चार लाखभन्दा बढी प्रयोगकर्ताले फलो गरिसकेका छन् । 

फेसबुकले थाई सरकारले "अवैधानिक मानेको सामग्रीलाई सीमित पार्न" आफूलाई बाध्य पारिएको बीबीसीसँग बताएका छन् । 

"यस्ता आग्रहहरू गम्भीर हुन्छन् र मानवअधिकारका अन्तर्राष्ट्रिय कानुनविपरीत हुन्छन् । अनि तिनले नागरिकको अभिव्यक्ति गर्ने क्षमतामा प्रतिकूल प्रभाव पार्छन्," विज्ञप्तिमा भनिएको छ । 

मानवाधिकारवादी समूहहरूले थाइल्यान्डले फेसबुकलाई दिएको दबावको चर्को आलोचना गरेका छन् । 'ह्यूमन राइट्स वाच'ले थाइल्यान्डको सरकारले "फेरि आफ्ना अस्पष्ट र अधिकार संकुचित पार्ने कानुनहरूको दुरुपयोग गरेर" फेसबुकलाई स्वतन्त्र अभिव्यक्तिको अधिकारअनुसार प्रकाशित सामग्रीमा बन्देज लगाउन दबाव दिएको बताएको छ ।

थाइल्यान्डमा राजसंस्था वा राजपरिवारका सदस्यको आलोचना वा अपमान गरे १५ वर्षसम्मको जेल सजाय हुने कानुनी प्रावधान छ । 

थाइ नागरिकलाई युवावस्थादेखि नै राजतन्त्रको सम्मान गर्न सिकाइन्छ । तर पछिल्ला साताहरुमा केही अभियानकर्मीहरुले सार्वजनिक रूपमा राजतन्त्रमा सुधारको लागि आह्वान गरेका छन् । यससँगै सरकार विरोधी व्यापक प्रदर्शनहरुसमेत भएका छन् । 

"मलाई लाग्छ कि यस समूहले राजतन्त्रको छलफललाई उच्च तहमा पुर्‍याएका छन् र अझै जारी रहेन छ," उनले बीबीसीलाई भने, "सरकारले कानुनी उपचारका नाममा मुख्य नेताहरूलाई पक्राउ गर्न र मेरो समूहमा पहुँच रोक्नका लागि उनीहरूले प्रतिबन्ध लगाएका छन् । यदि यो समूहका युवाहरु रहिरहे भने कठोर कदम चाल्न सकिन्छ।"

थाइ प्रहरीले गत साता प्रदर्शनमा सहभागी नौजनालाई नियन्त्रणमासमेत लिएको थियो । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC