site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा कोरोना संक्रमितको संख्या अझै बढ्छ : विश्व स्वास्थ्य संगठन
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल नोभेल कोरोना भाइरसका संक्रमितको अझै बढ्ने देखिएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोश भ्यान्डिलियरले बताएका छन् । 

"केही महिना अगाडिसम्म विदेशबाट आउने व्यक्तिहरुमा मात्र कोरोना संक्रमण देखिएको थियो,"उनले भने, "बीचमा संक्रमित घटेका थिए । तर अहिले केशहरु बढ्न थालेको छन्, जुन हामीले आगामी हप्ता र महिनाहरुमा संक्रमण निकै बढेको देख्‍ने छौं ।"

Agni Group

अहिले कोरोना संक्रमणको सुरुवात मात्र भएको र अझै नराम्रा दिनहरु आउन बाँकी रहेको कुरा मानिसहरुले बुझ्‍नुपर्ने उनले बताएका छन् । 

पहिलो नेपालमा युवाहरुमा कोरोना संक्रमण बढी देखिएको थियो भने अब वृद्धवृद्धामासमेत कोरोना संक्रमण देखिन थालेको डा. जोशले बताए । 

Global Ime bank

“कोरोनाबाट मृत्यु हुनेमा ज्येष्ठ नागरिकहरु नै बढी रहेका छन्,” उनले भने,“बढी कोरोना संक्रमण देखिएका अन्य देशहरु पनि छन् । समग्र जनसंख्याको १ देखि २ प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको छ । नेपाल त्यो अवस्थामा पुगेको छैन्  । अहिले नेपाल ० दशमलव १ प्रतिशतको अवस्थामा छ । ”

केसको संख्या बढिरहेको भए पनि आतिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।  

उनका अनुसार अहिले हाम्रो वरिपरी टोलमा संक्रमण देखिँदैमा आत्तिनु पर्दैन । "सबैजना संक्रमित हुने होइन, अधिकांश संक्रमितहरु हुने व्यक्तिमा मन्द लक्षण देखिने हुन्छ तर घातक पनि देखिँदैन्," उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC