site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank


विद्यालय उमेरका बालबालिकाको एक शैक्षिक सत्र खेर जाँदा तिनको जीवनमै असर पर्छ । यसैले बालबालिकाले पर्खन सक्तैनन् भनिएको हो । तर, नेपाल सरकारले भने विद्यालयस्तरका बालबालिकाको शैक्षिक सत्र खेर जान नदिन कुनै प्रयत्न गरेको देखिँदैन । कोभिड–१९ को संक्रमण रोक्न देशव्यापी बन्दाबन्दी (लकडाउन) लागू गरियो । माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरुहुने अगिल्लो दिनमात्र स्थगित गरिएको थियो । त्यसपछि लामो समयसम्म परीक्षा लिने हठमा रहेका शिक्षा मन्त्रालयका अधिकारीहरूले विद्यालयले दिएको नम्बरका आधारमा भने पनि ‘परीक्षाफल’ प्रकाशित गरे । कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि कम्तीमा अध्ययनको बाटो खुल्यो । परन्तु, अरू तल्ल कक्षाका विद्यार्थी र विद्यालयमा नयाँ भर्ना हुनुपर्ने बालबालिका भने अलपत्रमा छाडिएका छन् ।  

कोभिड–१९ का कारण बन्द गरिएका विद्यालयहरूमा वैशाखदेखि नयाँ शैक्षिक सत्र हुनुपर्थ्यो । संक्रमण झन् बढ्दै गएकाले विद्यालय खोल्न सकिने अवस्था भएन । यस्तो अवस्था अझै कति लम्मिने हो कसैले केही भन्न सक्तैन । बालबालिकाको पढाइ उनीहरूको जीवनका साथै राष्ट्रकै लागि पनि सर्वाधिक महत्त्वको विषय हो । तर, सरकारी अधिकारीहरू यस विषयमा चिन्तित देखिएका छैनन् । विद्यालय कहाँ र कसरी खोल्न सकिन्छ वा भौतिकरूपमा विद्यालय खोल्न नसके अनलाइन पढाइ कहाँ कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकारले कुनै अध्ययन गरेको वा पढाइका लागि तयारी गरेको देखिएको छैन । यसैले बालबालिकाको एक वर्ष सरकारले खेर फालिदिने सन्देह उत्पन्न भएको हो । अहिले विपत्तिका बेलामा पनि पुरानै तरिकाले कक्षा चलाउन पर्खेर बस्ने हो भने एक शैक्षिक सत्रमात्र हैन बालबालिकाको जीवनमा धेरै कुरा गुम्न सक्छ ।  

कोभिड–१९ को संक्रमण देशभर एकैनासले फैलिएको छैन । यसको अर्थ संक्रमण नियन्त्रित रहेको वा नदेखिएको अधिकांश स्थानमा विद्यालय पनि खोले हुन्छ भन्ने नै हो । सरकारी विद्यालयका शिक्षकहरूले यस अवधिमा तलब पाइरहेका छन् । तिनलाई पढाउन सकिने ठाउँ हेरेर काममा लगाउनु अन्याय हुँदैन । हस्तक्षेत्र नगरे निजी क्षेत्रले आफ्नो व्यवस्था आफैँ मिलाउन सक्छ । अरू क्षेत्रमा विशेषगरी जनघनत्व बढी भएको सहरबजारमा भौतिक कक्षा सञ्चालन गर्न नसके ‘भर्चुअल’ कक्षा सञ्चालन गर्न सकिन्छ । कोभिड–१९ को संक्रमण रोकिएला र पठनपाठन सुरु गरौँला भन्ने सोच राख्दा सिंगै वर्ष खेर जानसक्छ । संसारका अरू देशमा उही उमेरको विद्यार्थीले पढ्ने मौका पाउने र नेपाली बालबालिकामात्र वञ्चित हुने अवस्था आउन दिनु हुँदैन । यसैले संक्रमण नफैलिएका ठाउँमा स्थानीय तहहरूले  विशेष सावधानी अपनाएर ६ देखि १० कक्षा सम्ममा पढाइ चालु राख्नुपर्छ । अनलाइन शिक्षाका लागि भौतिक सुविधालगायतका विषयमा विज्ञहरूसँग परामर्श गरेर तीनै तहका सरकारहरूले आआफ्नो क्षेत्रको जिम्मेवारी पूरा गरून् । जनस्वास्थ्यका क्षेत्रमा जस्तो शिक्षाका क्षेत्रमा सरकारले विज्ञहरूसँग वैरभाव नगरोस् । सकेसम्म चाँडै व्यवस्था मिलाएर अर्को वैशाखमा शैक्षिक उपलब्धिसहित बालबालिका नयाँ कक्षामा प्रवेश गर्न पाऊन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC