site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना भाइरसको नयाँ प्रकोपको संघारमा दक्षिण कोरिया
Ghorahi CementGhorahi Cement

सिओल । कोभिड-१९ को नियन्त्रणमा प्रभावकारी मोडल अवलम्बन गरेको दक्षिण कोरियाका अधिकारीले मुलुक फेरि नयाँ राष्ट्रव्यापी कोरोना प्रकोपको संघारमा पुगेको बताएका छन् । 

राइट-विङ प्रेस्बिटेरियन चर्चकोबाट पहिलोपटक १७ वटा प्रान्तमा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । हरेक दिन कोरोना भाइरस संक्रमितको संख्यामा तीन अंकले बढिरहेको छ । 

Agni Group

सामाजिक दूरी कायम गर्ने प्रावधानलाई कडा रुपमा बनाइएको छ । राजधानी सिओलमा अनिवार्य मास्क लगाउनुपर्ने प्रावधान लागु गरिएको छ । त्यसैगरी सरकारले विद्यालय र व्यापार व्यवसाय बन्द गर्ने भन्‍ने विषयमा छलफल भइरहेको जनाइएको छ । 

संक्रामक रोग विज्ञहरुले सरकारलाई सामाजिक दूरी कायम गर्ने प्रावधानलाई थप कडा गर्न आग्रह गरेका छन् । त्यसैगरी अस्पतालका बेडहरु चाँडै भरिनसक्ने र स्वास्थ्य प्रणाली कम पर्नसक्ने चेतावनी दिइएको छ । 

Global Ime bank

कोरियन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) ले नयाँ देखिएका संक्रमितमध्ये २० प्रतिशतको संक्रमणको उद्‌गम पत्ता नलागेको स्वीकार गरिएको छ । केसीडीसीले एक घण्टामा करिब एक हजार सम्भावित संक्रमितको कन्ट्याक्ट ट्रसिङ गर्ने प्रणाली हुँदाहुँदै पनि २० प्रतिशत संक्रमितमा कसरी संक्रमण भयो भन्‍ने खुलेको छैन । 

दक्षिण कोरियामा फेब्रुअरीदेखि कोरोना भाइरसविरुद्धको लडाइँ सुरु गरिएको हो । तर, एक सातामै नियन्त्रणमा ल्याइएको थियो । तर, अहिले अवस्था फरक भएको जनाइएको छ ।

पछिल्लो समय देखिएका कोरोना संक्रमितहरु अधिक जनसंख्या भएका क्षेत्रबाट रहेको जनाइएको छ । विज्ञहरुले अहिलेसम्म दक्षिण कोरियामा पिकको अवस्था आइनसकेको जनाइएको छ । दक्षिण कोरियामा हालसम्म १७ हजार ६६५ संक्रमित थपिएका छन् भने ३०९ जनाको मृत्यु भएको छ । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC