site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘कुमाता’ अपवाद हो 
Sarbottam CementSarbottam Cement

प्रा. कपिल अज्ञात


पत्रकार तथा लेखक वसन्त पराजुलीको पहिलो कथासंग्रह हो कुमाता । जसको दोस्रो संस्करण प्रकाशन भइसकेको छ । यस कथा संग्रहमा मझौला आकारका १० कथा छन् । ती कथाले फरक–फरक विषयमा आफ्नै प्रकारको प्रमुख विशेषता छाडेका छन् । अर्थात् पहिलो कृतिमै वसन्तका वासान्तिक लक्षणहरू देखापरेका छन् भन्न हिच्किचाउन हुन्न । 

पूत कपुत होला तर पनि माता कुमाता हुन्नन् । यो शंकराचार्यको अभिमत हो तर यहाँ प्रयुक्त कुमाता अपवाद हो । परिस्थिति नै यस्तो आइपर्छ जसले मातालाई पनि कुमाता बन्न विवश गराउँछ । त्यही कुमाताकै आधारमा यो कृतिको नामकरण गरिएको छ । यी सबै सामाजिक यथार्थका विवश चरित्र हुन् भन्ने दर्साउँछ । जब समाजमा नर होइन नरपिचासहरू जन्मिन्छन् तब नारीहरू यातना सहन विवश बन्छन् । उनीभित्रको मानवता हार्छ । माता नै कुमाता बन्न पुग्छन् । पुरुषप्रधान समाजको नारीप्रतिको दृष्टि नै घातक छ । यही घातक दृष्टिले पातकी व्यवहार पैदा हुन्छ भन्ने समाज दर्शनका आधारमा कुमाता शीर्षक सार्थक हुन पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कुमाताका पात्रहरू दोषी छन् तर दुवै समान दोषी होइनन् । एक जिम्मेवारीबाट भागेको छ, अर्कोलाई पिरलोमा पारेको छ । मानसिक उद्विग्नताका कारण भएको दुःखद् घटनाको भागी स्वयम् हुनुपरेको छ । समाजको अन्तर्विडम्बनालाई कथाले कुशलतापूर्वक निर्वहन गरेको छ । 

यस संग्रहका कथाहरू सबै कारुणिक र मार्मिक छन् । अभिव्यक्ति छटा, कथ्य संयोजन, घटनाक्रम आदि मध्य र अन्त्यको सुसंगठन आरम्भ र समापन आदि अनेक कोणबाट कथाको स्तर उत्कृष्ट बनेको छ । 

Global Ime bank

पत्रकार कथामा पत्रकारको गम्भीर पीडा छ । आफ्नो जीवनको अनुभवलाई मिसाएर यो कथालाई मार्मिक तुल्याइएको छ । यसमा पत्रकारितासम्बन्धी मूल्य–मान्यताहरू पनि सन्निहित छन् । 

“पत्रकारिताको मूल्य मान्यताबाट डगिनँ, कहिल्यै डग्दिनँ पनि । मेरो ब्रह्मले जे देख्छ त्यही लेख्दै आएँ”, (कुमाता÷पृष्ठ २२) । यो पात्र पत्रकारको अभिव्यक्ति भए पनि लेखक पत्रकारकै मान्यता पनि हो । 

छापामारको प्रेम कथामा प्रेमको दुर्घटना पीडित मानसिकता र संर्घषको निरर्थकता प्रस्तुत छ । त्यस्तै परिबन्दमा प्रेममा धोका, फौजीको अयोग्यता र कृतघ्न व्यवहारको चित्रण छ । खाँदै नखाएको विष पनि लाग्ने फौजी मात्रै धोकेबाज होइन त्यहाँको न्यायिक परिपाटी पनि त्रुटिपूर्ण छ भन्ने यस कथामा दर्शाएको पाइन्छ । 

अस्मिता कथाले पहिला जातभात जे भए पनि सम्बन्ध जोर्न उत्सुक हुने र सम्बन्ध कायम भएपछि स्वाद फेर्दै जाने वासनाले लोलुप प्रवृत्तिको उजागर गरेको छ । 

नियतिमा नियतिको वज्रप्रहार छ । बाबुको गैरजिम्मेवारी र सौताने आमाको जिम्मेवारी छ । यसमा विशेषतः सडक बालबालिकाको अवस्थालाई चित्रण गरिएको छ । 

कुनै कारण निको नभई भित्रभित्रै बल्झिरहेको घाउ उकुचले पारिवारिक गर्जो टार्नका निमित्त विदेशमा रोजगार खोजेर लाग्दा परिवारमा अलग्एिर बस्नु पर्दाको पारिवारिक पीडालाई कथा उचुकले स्पष्ट पारेको छ । 

दशवटै कथामा दशा निम्त्याएको, परिवारको खुसीका लागि रोहित विदेश जाँदा उतै हत्याको अभियोगमा पक्राउ परि यता घर–परिवारमा संकटको बादल मडारिएको अवस्था चित्रण छ । 

सामाजिक यथार्थवादी धारमा रहेका कुमातामा संगृहित कथाहरूमा केही घटनाप्रधान, केही नियतिप्रधान, केही वासनाप्रधान, केही विकृत यौन, केही पुरुषका यौनजन्य स्थितिमा प्रेम र विश्वासमा धोका भएर भोग्नुपरेका पीडा र वियोगका परिणामहरू चित्रण गरिएका छन् । प्रायः सवै कथामा मानवीय प्रवृत्तिको सूक्ष्म विश्लेषण गरिएको छ । 

कुमातामा प्रस्तुत भाषा पनि छरितो, अभिव्यक्ति पोटिलो छ । सरल, सामान्य वाक्यहरूले सिर्जना बलियो बनेको छ । यसका अतिरिक्त विषयवस्तुमा पनि आफ्नोपन छ । यसरी सबै कथा स्वर सन्देश मुखरित छन् । 

वसन्तको ‘कुमाता’ प्रथम चरणकै कथाबाट परिपक्व रूपमा सिर्जना भएको छ । कतै सतही र क्लिष्ट देखिँदैन । विस्तृत वर्णनको साटो व्यञ्जना शक्ति एवम् सार्थक र सटिक वाक्य प्रयोगले कथाको सीमालाई दर्शाउँछ । कथालाई निबन्धबाट जोगाएर कथाकै रूपमा प्रस्तुत गर्न कथाकार कुशल देखिएका छन् । 

कथामा कतै पत्रकारको पीडा त कतै कुमारी आमाको पीडा, कतै बुढेसकालका बाबुको दुःख । पीडैपीडाले सामाजिक संरचनाप्रति कृतिले गम्भीर रूपमा सोचमग्न तुल्याएको छ । 

आख्यान कलाको प्रारम्भिक सिँढीमै सफल देखिन्छन् कथाकार वसन्त । मान्छे कुनै न कुनै समस्या वा उकुसमुकुसमा बाँचेको हुन्छ । त्यसैलाई कथामा उतार्नु कथाकारको उद्देश्य रहेको देखिन्छ । विषय पनि एकै किसिमका नभएर फरक–फरक विषयका छन् । तिनलाई वसन्तले जीवन्त रूपमा चित्रण गरेका छन् । 

सामाजिक यथार्थवादी धारमा रहेर लेखिएका यी कथाहरूले समाजका अनेक पक्षलाई जीवन्त रूपमा चित्रण गरेको छ । तथापि कथाकृतिमा केही सुझाव आवश्यक ठहरिन्छ । 

— यसमा अविश्वसनीय अंश त्यति प्रतित हुँदैनन् तर ‘दोषी को’ कथामा सहवास नहुँदाको स्थिति एक दिन वा सातासम्म स्वाभाविक मान्न सकिन्छ, तर महिनौं र वर्षौंसम्म आधुनिक चेत भएकी नारी कुरा नखोलेरै राखिन् भन्नु पत्यारिलो लाग्दैन । कथा रोचक र शैली आकर्षक भए पनि मनोद्वन्द्व सिर्जना गरेर त्यसलाई साता दिनभित्रै नयाँ मोड दिन पथ्र्यो । 

— प्रकृतिमा निहित रहस्यको गम्भीर निरीक्षण, सांसारिक अनुभवको गहनता र प्रचुरता नवीन उद्भावना शक्ति जुन कृतिमा हुन्छ त्यहि उत्कृष्ट कृति बन्न पुग्छ । स्रष्टा त्यसतर्फ उत्प्रेरित हुनुपर्छ । 

— कसैले सिद्धान्त पढेर वा सिद्धान्तलाई अघि राखेर रचना गरेको हुँदैन । तथापि पठ्नका क्रममा जुनले पाठकको मनमस्तिष्क तरङ्गित र झङ्कृत पार्छ । पढ्न सुरु गरेपछि उत्सुकताले तान्दै नसकिँदासम्म मनका सबै ढोका थुनेर एकोहोर्याई अघि बढाउँछ र नसकिँदासम्म ध्यान विचलित गराउँदैन । सकिएपश्चात् पनि गहिरो छाप पार्छ त्यो उत्तम सिर्जना हो भन्ने स्वतः सिद्ध हुन्छ ।

— कथा सुखान्त होस् कि दुःखान्त गम्भीर प्रकृतिको समुचित विश्लेषणले नै कथाको स्तर उच्च हुन्छ । सुखान्त छ भने त्यसमा विनोदशीलता र दुखान्त छ भने उद्वेगजनकता अपेक्षित हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC