site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पर्व गीत बेचेर नखाऔं
Sarbottam CementSarbottam Cement

यो वर्ष पाँच करोड रुपैयाँभन्दा धेरैका तिज गीत रेकर्ड भए । गीत र भिडियोमा गरेर कम्तिमा पाँच करोडबराबरको लगानी भएको हो । तिजको अवसर पारेर बजारमा आएका गीतमा कतिले दर्शक तथा स्रोताको मन जिते ? 

यसको जवाफ दिने आधिकारिक निकाय छैन । त्यसैले यसको ठोस जवाफ कसैबाट आउँदैन । तर निश्चय नै केही गीतले दर्शकको ध्यान खिचे । तर पाँच करोडका गीत जसरी गुमनाम आए त्यसरी नै हराए । 

कारण ? तिजका गीत आफ्नै संस्कार र संस्कृतिअनुसार नहुनु अग्रज गायक तथा अध्येताहरू बताउँछन् । नेपाली रितिरिवाज र धर्म संस्कृतिअनुसार गीत नआउनु मुख्य कारण भएको लोक–संगीत अध्येता तथा गायक जयनन्द लामा बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“नेपाली कला, साहित्य, धर्म, संस्कृति र संस्कारको संरक्षण गर्नु हामी नेपालीकै कर्तव्य हो,” लामा भन्छन्, “हाम्रो कला, संस्कृति बचे हामी बच्छौं । कला संस्कृतिको संरक्षण गरे हामी र हाम्रो पहिचान बच्छ ।”

गीत–संगीतमा तुलनात्मक रूपमा अहिले विकृति आएको लामा स्विकार्छन् ।

Global Ime bank

किन आयो ? 

“मैलेभन्दा पनि यसमा जान्नेसुन्ने विज्ञहरू देशमा हुनुहुन्छ । यसबारे सल्लाह मागे मैलेभन्दा राम्रो जवाफ उहाँहरूबाट आउँछ,” उनी भन्छन् । 

गीत–संगीतमा व्यावसायिकता खोज्दा तिज गीतमा पनि विकृति भित्रिएको उनको भनाइ छ । “देशको संस्कार, संस्कृति र रितिरिवाजलाई व्यावसायिक बनाउनु हुँदैन,” लामा भन्छन्, “आफ्नै संस्कार संस्कृति लोक र पर्व गीतसंगीत बेचेर खानु हुँदैन । आफ्नै शिर र मुटु बेचेर खान मिल्छ ?” 

आफ्नो पहिचान बेचेर खानुभन्दा भोकै बस्नु उत्तम रहेको बताउने लामा आफैं रितिरिवाजलाई व्यावसायिक नबनाउन आग्रह गर्छन् । 

गीत–संगीतको प्रसंग कोट्याउनेबित्तिकै कुमार बस्नेत सोध्छन्– अस्ति भर्खर एउटा गीतमा राष्ट्रिय झन्डा जलाएको भाइले देख्नुभयो ? आजकालका गीतप्रतिको व्यङ्ग्य हो यो उनको । 

हरेक जिज्ञासाको जवाफमा उनी विम्ब र प्रतीकको प्रयोग गर्छन् । पुराना उदाहरण दिन्छन् । र त्यही उदाहरणमा लिंक गरेर आफ्नो प्रश्नको जवाफ खोज्नुपर्छ । 

तिज गीतमा विकृति भित्रिएकै हो कि यत्तिकै टिप्पणी भएको हो ? 

“मैले छोरीभन्दा आमा तरुनी यत्तिकै गाएको हो र ?” उनी प्रतिप्रश्न गर्छन् । 

“विकृति भित्रियो । हुनुपर्ने जे थियो भएन । ठीक उल्टो भयो । त्यसैले त मैले यो गीत गाएको छु,” बस्नेत भन्छन्, “कसैले भनेको केही हुँदैन । कहाँ कसले के गरिरहेको छ थाहा हुँदैन । न नियन्त्रण गरेर सम्भव छ न त्यो इच्छाशक्ति नै छ ।”

तिजको आफ्नै लय र भाषा हुने भए पनि त्यसमा सीमित नहुनु दुखद पक्ष भएको बस्नेत बताउँछन् । 

“१० जनाले मन पराए भने २० जनाले गाली गर्छन् । यसैले अहिलेको अवस्था के हो प्रस्ट्याउँछ,” उनी अगाडि थप्छन्, “सम्झेर ल्याउने हो भने अवस्था चिन्ताजनक छ ।”

तिज गीत– तिज गीतजस्ता भएनन् भनेर धेरैले भन्नुहुन्छ, तिज गीतलाई बचाउन के गर्नुपर्छ ? 

“टाउको हात राख्ने क्वाँ–क्वाँ रुनुपर्ने अवस्था छ । यो अवस्था सिर्जना पनि हामीले नै गरेको हो । मर्यादामा बसेको भए केही बिग्रिने थिएन,” बस्नेत भन्छन्, “पहिला चोलोको गला अलिकति खुकुलो भए पनि लठ्ठीले ठुङ्थे रे । कुरकुच्चो देखियो भने गाली गर्थे रे । अहिले पनि त्यही जमानामा बस्नुपर्छ भनेको होइन । तर मयार्दा र रितिरिवाजचाहिँ भुल्नु हुँदैन थियो ।”

पछिल्लो समय तिजका गीत, तिजका गीतजस्ता नभएको असारे गीत, असारे गीतजस्ता नभएको तथा पर्व, ऋतु र जाति विशेषका गीतहरू परिवर्तन हुँदै गएको गीतकार तथा लोकगीत संकलक रमेश बीजी बताउँछन् । 

पर्व गीत संकलन गर्नुपर्ने भए पनि पछिल्लो समय कोठामै बसेर गीत लेख्ने गरेका कारण ठेट गीत आउन नसकेको उनी बताउँछन् । 

“पर्व तथा लोकगीतका लागि सम्बन्धित ठाउँमै पुग्नुपर्छ । तर अहिले गाउँगाउँमा पुगेर गीत–संगीत खोज्नु भनेको यार्सागुम्बा खोज्नुजस्तै हो । अहिले गाउँमा माछेहरू रोधी बस्दैनन् । गाउँठाउँमा भाकाहरू गाउँदैनन्,” बीजी भन्छन्, “रेडियो, टेलिभिजन र युट्युबकै गीत बजाउने, सुन्ने र हेर्ने चलन बढ्यो । त्यसैले आफ्नै स्रोत–साधनले गाउँगाउँ घुमेर लोकगीत संकलन सजिलो छैन ।”

जाति, समुदाय तथा पर्व र लोकगीत राज्यकै पहिचान भएकाले यस्ता गीत संकलन लागि सरकारले पनि सहयोग गर्नुपर्ने तर यसमा राज्यको चासो नरहेको उनी बताउँछन् । 

कालान्तरमा तिज गीत, तिहार गीत अथवा लोकगीत भनेर अहिलेभन्दा फरक गीतलाई बुझ्नुपर्ने अवस्था आउन सक्ने उनको गुनासो छ । 

“पुराना सर्जकलाई सम्झिएर, पुराना लोक तथा पर्व गीतहरूलाई सम्झिएर त्यसको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने अवस्था छ । अन्यथा भोलिको पुस्ताले हाम्रो ठेट लोक संस्कृति के हो भन्ने जानकारीसमेत पाउने छैन,” बीजी भन्छन्, “गीत–संगीतलाई कला र साधनाभन्दा पनि उपभोग्य वस्तुका रूपमा बुझ्न थालियो । यहाँ गीत–संगीतलाई बचाउनेभन्दा पनि व्यापार गर्न आएकाहरूको समूह ठूलो भएकाले कला संस्कृति विकृति भित्रियो ।”

पैसा कमाउने उद्देश्य मात्रै बोकेर भित्रिएकाहरूबाट पर्व तथा लोकगीतमा बढी खतरा भएको उनी बताउँछन् । 

व्यावसायिकता नाममा गाउँघर डुलेर स्थानीय ठेट शब्द र भाका संकलन गर्ने जाँगर हराउँदै जाँदा पनि मौलिक भाका र शब्द पनि हराउन थालेको बताउन उनी हिच्किचाउँदैनन् । 

गीतमा व्यावसायिकता खोज्नु नै भुल भएको लोकगीत–संगीतका अध्येता तथा लोकगायक लामाको निष्कर्ष छ । यही व्यावसायिकताका कारण गीत सुन्नेभन्दा पनि हेर्ने भयो । 

“हिजो गीत सुन्ने थियो । गीत सुन्दा आनन्द आउँथ्यो । तर अहिलेको गीत हेर्ने भयो । जसले चटक र चर्तिकला गर्यो तिनै गीतका दर्शक बढी हुने भए । व्यावसायिक रूपमा त्यस्तै गीत सफल भएको देखेपछि सबै त्यतैतर्फ लागे,” राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्षसमेत रहेका बीजी भन्छन्, “भोलि मृत्युपछि पनि कस्ता गीतले बचाउँछ भन्ने सोच अहिले कसैलाई छैन । आजै पैसा कमाइहाल्ने, गाडी चढ्ने, तडकभडक जीवन बिताउने र आफूलाई स्टार सम्झिने प्रवृत्ति हाबी हुँदा लोकगीत प्रयोगशाला बन्यो ।”

प्रयोगका नाममा अलिकति रङ घोल्न खोज्दा पर्व तथा लोकगीत अलि फिका देखिँदै गएको र यसमा माटोको सुवास र जनजीवन देखिन छोडेको उनको ठम्याइ छ । सरकारले लोकगीत संगीतलाई प्रोत्सहान नगर्दा यो समस्या बढ्दै गएको उनको बुझाइ छ । 

लोकगायिका हरिदेवी कोइराला तिज गीत नेपालीको चिनारी र मौलिकता भएको भन्दै यसमा नयाँ प्रयोग गर्दै गए यसको मौलिक विशेषतामा प्रश्न चिह्न उठ्ने बताउँछिन् । “जस्ताको तस्तै संस्कृति र सभ्यतालाई राख्न नसके हाम्रो चिनारी नै रहँदैन,” तिज गीत प्रयोग गर्ने विषय नभएको भन्दै उनी भन्छिन्, “पर्व गीतमा पनि प्रयोग गरे हामी हाम्रो अस्तित्व कसरी जोगाउँला, भोलिको तिज कस्तो होला, भोलिको पुस्ताले तिज कसरी मनाउला त्यो पनि प्रश्न उठ्न थालेको छ ।”

तिजले नेपाली जनजीवनको यथार्थ खोज्छ भन्दै हरिदेवी यसले पारिवारिक शिष्टता र सभ्यताको झल्को दिने र सोहीअनुसारका गीत संकलन गर्नुपर्नेमा उनको जोड छ । 

सच्चा कलाकारले सांस्कृतिक चिन्तन गर्नुपर्ने र मौलिक पहिचान, परम्परा, संस्कृतिको महत्त्वलाई ध्यान दिँदै त्यसले के खोज्छ ? त्यसमा कलाकारको ध्यान जानुपर्ने उनको भनाइ छ । “हामीले गाउँदै गरेको गीतको विशेषता के हो ? बुझ्नुपर्छ । शिष्टताको मर्यादामा ख्याल गर्नुपर्छ । भाषामा ध्यान दिनुपर्छ । ठेट भाषाको प्रयोग गर्नुपर्छ,” हरिदेवी भन्छिन्, “आगन्तुक शब्दको प्रयोग भइरहेको छ । लय अरू नै प्रयोग भइरहेका छन् । भोलिको पुस्ताले यही रहेछ तिज भन्ने बुझ्ने र हाम्रो संस्कृति, संस्कार र परम्परा एकादेशको कथा त हुने हैन भन्ने प्रश्न उठ्न थालेको छ । भोलि तिजको इतिहास खोज्नेलाई हामीले के दिनेछौं ? अहिलेका कति गीतले तिजको मुललाई धमिल्याएको छ । यसको विशेषतालाई चुनौती दिइरहको छ ।”

तिज गीत हो कि होइन ठम्याउन नै गाह्रो हुन थालेको गुनासो गर्दै हरिदेवी रातो साडी लगाएर दुई चारजना नाच्दैमा तिज गीत नहुने बताउँछिन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC