site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मसिना छायाहरू 
Sarbottam CementSarbottam Cement

वाल्टर बेन्जामिन


निष्काम प्रेम :
निष्काम प्रेमको स्वभाव र त्यसको विशेषता सबैभन्दा बढी त्यसको नियतिसँग व्याख्या गरिएको हुन्छ, जसले यसलाई कुनै नामसँग पनि जोडिदिन्छ । खासगरी मानिसको पहिलो नामका साथ । विवाहले महिलासँग उसको मूल उपनाम खोसिदिन्छ र त्यस ठाउँमा उसको पतिको उपनाम जोडिन्छ । यो पनि होइन कि यसअघि उसको पहिलो नाम नछोइएको होस्– लगभग हरेक समागममा यही घटित भइरहेको हुन्छ । त्यस महिलाको मूल नाम अनेक घरेलु नामहरूको छायामा घेरिएर वर्षौंसम्म, अझै भनौँ दशकौँसम्म अदृश्य रहन्छ । यो व्यापक अर्थमा एउटा नामको नियतिका सन्दर्भमा नै (उसको शरीका सन्दर्भमा होइन) विवाहको निष्काम प्रेम (प्लेटोनिक लभ) को मौलिक र महत्त्वपूर्ण अर्थभन्दा विरोधाभासपूर्ण छ, किनभने प्रेम आफ्नो इच्छाको नाममा पूरा भएको हुँदैन । बरु त्यसले प्रेयसीलाई उसको नाममा प्रेम गर्छ, उसको नामबाट नै उसलाई हासिल गर्छ र उसको नामलाई नै पुज्छ । सत्य त यो हो कि प्लेटोनिक प्रेम नामलार्ई अर्थात् पहिले नामलाई जाँच्ने काम गर्छ र त्यसको रेखदेख गर्छ । नामलाई नबदल्नु रचनाको वास्तविक अभिव्यक्ति हो । टाढाबाट गरिएको पे्रम त्यसको विशिष्ट निशानी हो । प्रेमको केन्द्र नाम हुन्छ र एक प्रकाशित केन्द्रविन्दु जसरी नै त्यस नामबाट प्रेयसीको अस्तित्व निःसृत भएको हुन्छ । यस अर्थमा ‘डिभाइन कमेडी’ अरू केही होइन, ‘बिएत्रिस’ को नामको चारैतिर बेरिएको प्रभामण्डल हो, जसले यस विचारको सर्वाधिक शक्तिशाली प्रतिनिधित्व गर्दछ, कि ब्रह्माण्डका सारा शक्तिको र प्राणीहरूको उदय प्रेमबाट जन्मिएको नामबाटै भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

असफलताको सामथ्र्य :
जब हामी असफल हुन्छौँ त्यसबेला आफैंले आफूलाई तुच्छ मान्न थाल्छौं । भलै हामी सक्षम रहौँ, मजबुत रहौँ, असफलताले हामीलाई चिढ्याउन थाल्छ र हामी भाग्यलाई लिएर रुन थाल्छौँ । तर के हामीले कहिल्यै सफलताको समयमा आफ्ना गुणहरूबारे जान्ने अथवा आफ्नो भाग्यमा खुसी हुने कोसिस गरेका छौँ । लोकप्रियता होस्, मदिरा होस्, पैसा होस् अथवा प्रेम नै होस्– हरेक खण्डमा हाम्रा केही कमजोरी हुन्छन् नै र केही गुणहरू पनि । तर सफलतामा आत्मिक रूपमा मुग्ध हुनु एउटा यस्तो गहिरो खाल्डोमा कुद्नु समान हो जहाँ विकार जम्नुु र ठेस लाग्नुबाहेक अरू केही हुँदैन । यदि हामी यसै घेराबन्दीमा रहिरहन्छौँ भने हामीभन्दा ठूलो मूर्ख अरू कोही हुन सक्दैन । सायद सफलताको यही सबैभन्दा ठूलो मूल्य हो जुन हामीले तिर्नुपर्ने हुन्छ । यसै कारण शक्ति पहिचानका लागि पनि असफलता जरुरी हुन्छ ।

गरिबको शोभा :
कुनै पनि उत्सव वा समारोहमा भाग लिनु त्यति गाह्रो हुन्न, जति गाह्रो ईश्वरको प्रकृतिको साक्षात् दर्शन गर्नुमा हुन्छ । यो प्रकृत्ति आवारा, बदमास र भिख माग्नेहरूमा जति अनुग्रिहीत हुन्छ, त्यति धनीहरूमा हुँदैन । यो कटु सत्यको आभाष तपाईंलाई त्यतिबेला हुन सक्छ, जतिबेला तपाईं एकपटक इटालियन विलाको गेटमा जानु हुन्छ । तपाईंलाई त्यहाँ गएर इच्छा लाग्न सक्छ सुन्दर ताल र विशाल पहाडहरूलाई झ्यालबाट अवलोकन गर्ने । तपाईं त्यो परिदृश्य हेर्न व्याकुल रहनुहुन्छ, जसलाई अहिलेसम्म तपाईंले कोडाक क्यामराको दयाका कारण हेर्दै आइरहनु भएको छ होला । तर जसै तपाईं झ्यालका सम्मुख पुग्नुहुन्छ तपाईंको नजरमा तस्बिर होइन, सजीव चित्रहरू नजर आउन सक्छ– ती तस्बिरहरू जसलाई माथि बस्नेले आफ्नै हातले हस्ताक्षरित गरेका हुन् ।

Global Ime bank

यो निकट्ता :
प्रायःजसो म एउटा सपना देख्थेंँ, म सिन नदीको बायाँ किनारमा ‘नोत्रेदेम’ को अगाडि छु । वास्तवमा जब म त्यहाँ धेरै बेरसम्म बसिरहेँ, त्यसबेला ‘नोत्रेदेम’ समान अरू केही देखिएन । देखियो त केबल इँटाबाट बनेको एउटा धमिलो विशाल महल, जुन काठका ‘फेन्स’ हरूले घेरिएको थियो । अपितु म ‘नोत्रेदेम’का सामुन्ने उभिएको थिएँ त्यसैले अभिभूत थिएँ । र यो प्रश्न गरेँ, मलाई कुन कुराले अभिभूत गरिरहेको थियो खै ? त्यही पेरिसलाई हेर्ने उत्कन्ठा जसलाई मैले स्वप्नमा देखेको थिएँ ? आखिर यो लालसा किन थियो ? र, फेरि यो एकदमै टुटेफुटेको वस्तु कहाँबाट आयो ? सायद यो सपनाकै असर थियो कि, जुन वस्तु तपाईंले सपनामा पटकपटक र एकदम नजिकबाट देख्नुभयो, त्यसलाई वास्तविकतामा जतिखेर देख्नु भयो त्यसको कायाकल्प भइसकेको थियो । सुखको चाहना, वास्तविक छविको दैलोमा पाइला राख्दैमा धमिलो भइसकेको थियो ।

मसिना छाया :
अपराह्नको समयमा छाया एकदमै झिनो, सानो, मसिनो र तिखो भएर जान्छ । यस्तो लाग्छ मानौं छाया आफ्नो वस्तुको नै पाउ स्पर्श गरिरहेको छ । यो छाया मौन भएर, चुपचाप पछाडितिर झुक्दै आफ्नो रहस्यमय दुलोमा पस्न चाहन्छ । त्यत्तिबेलै समय आउँछ, खुम्चिएको ‘जरथुस्त्र’को । ‘जरथुस्त्र’ अर्थात् एक विचारक । यसैले भनिँदै आइएको छ, गहन ज्ञानले सधैं वस्तुलाई बुझ्न धारिलो बनाउँछ, ठीक त्यस्तै जसरी सूर्यले आफ्नो पराकाष्ठाका बखत छाया बनाइरहेको हुन्छ ।

(१५ जुलाई १८९२ मा जर्मनीको बर्लिनमा जन्मिएका वाल्टर बेन्जामिनका दर्शन, आलोचना र निबन्धका पुस्तकहरू प्रकाशित छन् ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC