site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बूँद रानाका दुई गजल 
Sarbottam CementSarbottam Cement

गजल १
निम्तो बिना ढलक्कै ढल्केर बूँद आयो
हो यो पुरानु बानी पल्केर बूँद आयो !

के–को वसन्त कस्तो बर्खा कुरेर बस्नू
प्यासी तमाम सम्झी छल्केर बूँद आयो !

पानी खन्याई आगो मार्छौ कमाल के भो ?
सक्छौ भने निभाऊ सल्केर बूँद आयो !

Prabhu Bank
Agni Group
NIC Asia

प्यूनु पिएर आँसु सम्झेर रात रुन्चे
एकाबिहानै शीतमा झल्केर बूँद आयो !

मुर्छा खटाउँदै थें बेजान बालुवामा
माटो गलक्क गल्क्यो हल्केर बूँद आयो !

Global Ime bank

जल्ले निचोरी फाल्ने कसरत गरे मजाले
तिन्कै निधारमाथि टल्केर बूँद आयो ! 

० ० ०

गजल २
फरक छन् नजरको कुरा के गरूँ खै
म गाला अधरको कुरा के गरूँ खै

कलेंटी परेको छ सुन्दै छु लाली !
नमीठो खबरको कुरा के गरूँ खै

दिँदैदिन्न केही दिए चोट दिन्छ
निठुरी सहरको कुरा के गरूँ खै

बदर नै सदर छ सदर नै बदर छ
सदरको बदरको कुरा के गरू खै

जहाँ बूँद टिक्ने कुनै ठाउँ छैन
बिरानो सगरको कुरा के गरूँ खै । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  ०६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC