site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 सरकारी उपेक्षाले निम्त्याएको दुःखान्त 

हामी बर्सेनि बाढी, पहिरो, भूकम्प, भूक्षयजस्ता प्राकृतिक प्रकोपहरुबाट पीडित हुँदैआएका छौँ । मनसुन सुरु भएसँगै बाढी, पहिरोको जोखिम बढ्छ । सामान्यतः पहिरो भनेको भिरालो जमिनको उच्च भागबाट जमिन भत्किएर तल खस्ने प्राकृतिक प्रकृया हो । भूविज्ञानका आधारमा पहिरो जानुका थुप्रै कारण हुन्छन् । मानवसिर्जित कारणहरुमा अव्यवस्थित बस्ती विकासका लागी अन्धाधुन्द वन जंगल फडानी, भूगर्भको अध्ययनविना भौतिक संरचनाको निर्माण, भिर कटानगरेर गरिने अव्यवस्थित सडक निर्माण, भलपानीको जथाभावी निकास आदि हुन् । त्यसैगरी प्राकृतिक कारणहरु भूकम्प, अविरल वर्षा, खोलाखोल्साले भिरको तलको जमिनको कटान आदि हुन् । 
हालसालै यस्तै कारणहरुबाट गएको सिन्धुपालचोकको जुगल नगरपालिका – २ लिदीको पहिरो एउटा उदाहरण हो । छेपारोको उखानजस्तै हामी मनसुनभर सधैं किन समयमा सचेत हुन सकेनौ भनेर पछुताउँछौँ र मनसुन सकिएलगत्तै बितेका भयावह घटना बिर्सिँदै जान्छौँ। फलस्वरूप, बर्सेनि हजारौं मानिस अकालमा ज्यान गुमाउन र विस्थापित हुन बाध्य हुन्छन् ।

लिदीका स्थानिय बासिन्दाको भनाइअनुसार उनीहरुले बारम्बार मनसुन सुरु हुनु अगावै पहिरोको जोखिमका विषयमा सम्बन्धित सबै निकायको ध्यान आकर्षण गराउँदै निवेदन दिएका थिए । तर, कुनै सुनुवाई नभएकोले यति धेरै मानविय क्षति हुन पुग्यो । पहिरोको जोखिमले गर्दा उक्त स्थानका  बासिन्दा रातको समयमा अलि कम जोखिम भएको अर्को गाउँमा गएर रात बिताउने र बिहान पुनः त्यहीँ आउने गरिरहेका थिए । सम्भवतः उनीहरुले पहिरो रातिमात्र जान्छ दिउँसो जादैन भन्ने सोचेर उज्यालो भएपछि आआफ्नै घर फर्कने गरेका थिए । त्यो अज्ञान थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय बासिन्दाको तर्फबाट गर्नुपर्ने पूर्वसतर्कताका केही काम गरिएको भए पनि बस्ती स्थानान्तरणको मुख्य काम पूरा गर्न नराम्रोसँग चुक्यौँ । यसैको कारणबाट ३६ घर पहिरोले पुर्यो धेरैको अकालमा ज्यान गयो । यो दुःखान्त घटनाबाट सबैको शिर निहुरिएको छ ।

समाचारमा देखाइएका पहिरोको दृश्य नियाल्दा र घटनाको प्रकृति हेर्दा यो पहिरो आकस्मिक नभई बेलैमा सबै सचेत भएको भए यति धेरै धनजनको क्षति हुने थिएन भन्ने सजिलै अड्कल गर्न सकिन्छ । भिरालो पहाड र त्यहाँमुनि बगेको खोल्सी हेर्दा पहिरो अचानक नगएको सहजै अनुमान गर्न सकिन्छ । पहिलेदेखि नै बिस्तारै पहाडको तल्लो भागमा खोल्सीको पानीले  किनार कटान गरेर माटो खुकुलो बनाएको हुन सक्छ । त्यसले गर्दा तल्लो भाग कमजोर भएर माथिल्लो भागको बोझ थाम्न नसकी पहिरो गएको हुनुपर्छ । यससँगै भिरालो जमिनमा मनसुन अगावै धाँजा फाटेको पनि हुन सक्छ । त्यही धाँजा फाटेको ठाउँबाट पानी भित्र पसेर त्यहाँ रहेका ढुङ्गा माटो आदिलाई कमजोर बनाउँदै आएको हुनसक्छ । यहीँबाट उत्पन्न लेदो ढुङ्गा–माटो मिश्रित भलपानी सोहोरिएर तल झर्छ । यसरी बग्ने क्रममा भिरालो पहाडमा विभिन्न सानातिना खोल्साखोल्सी बनेका हुनसक्छन् । वर्षायाममा यिनै खोल्साखोल्सी हुँदै पानी बग्दा संरचना थप कमजोर हुन्छ र तल्लो भागमा पहिरो छेक्ने केही नहुनेबित्तिकै सहजै पहिरो जान्छ ।

Global Ime bank

यस वर्ष मनसुनमा गएका सिन्धुपालचोकबाहेक अन्य ठाउँहरुको पहिरो अध्ययन गर्दा पनि २०७२ सालमा गएको विनाशकारी भूकम्पले बढी प्रभावित क्षेत्रहरु नै पहिरोको चपेटामा परेको देखिन्छ । सिन्धुपाल्चोक ७२ सालको भूकम्पबाट अत्यधिक क्षतिग्रस्त जिल्लामध्ये हो । त्यसैले उल्लेखित कारणहरुसँगै भूकम्पले जमिन थिल्थिलो बनाएको वा धाँजा फाटेको हुनाले यही जमिनमा भारी वर्षा हुँदा, माटोले एक आपसमा सन्तुलन कायम गर्न नसक्दा पहिरो गएको हुनसक्छ ।

यस विषयमा स्थानीय सरकारको जिम्मेवारी महत्त्वपूर्ण त छँदै छ त्यसको साथै विपद व्यवस्थापनसम्बन्धी सरोकारवाला निकायहरुको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रम, पूर्वतयारी पनि गर्नुपर्छ । सिन्धुपालचोकलगायत २०७२ सालको भूकम्पबाट बढी प्रभावित क्षेत्र र विभिन्न दृष्टिकोणले पहिरोको जोखिममा रहेका अन्य भूभागको सुरक्षित स्थानतरण गर्न आवश्यक छ । यो बाहेक प्रत्येक नागरिक सचेत हुन जरुरी छ । 

पहिरो व्यवस्थापनमा काम गर्ने सरकारी निकायको स्थानीय स्तरमा शाखा कार्यालय खोल्नुपर्छ । त्यहाँ आवश्यक प्रशासनिक र भूगर्भशास्त्रीजस्ता प्राविधिक कर्मचारी सधैँ उपस्थित हुनुपर्छ । स्थानीय बासिन्दालाई पहिरो आउनु अगावै देखिने सामान्य संकेतहरुको ज्ञान दिनुपर्छ । अस्वाभाविक रुपमा ढुङ्गामाटो खस्नु, सामान्य सिधा देखिएका रुखहरु अचानक ढल्कनु वा बाङ्गिनु, जमिन जथाभावी धाँजा फाट्नु, सुख्खा जमिनबाट पनि पानी रसाउनु र अस्वाभाविकरुपमा कतै न कतै जमिन माथि उठेको वा भासिएको देख्यौँ भने आफू सजग हुने र आफू वरिपरि रहेकालाई सचेत गराउनुको साथै सम्बन्धित निकायको ध्यानाकर्षण गर्नु प्रत्येक नागरिकको दायित्व हुन्छ । हामी फेरि पनि चुक्यौं भने सिन्धुपाल्चोकको जस्तै घटना फेरि दोहोरिन सक्छ । यो कामका लागि स्थानीय सरकारले नेतृत्व लिनुपर्छ ।

(बीएससी भूगर्भशास्त्र अध्ययनरत) 
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC