site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्युजिल्यान्डमा क्‍वारेन्टिनमा रहेका व्यक्तिलाई अँगालो हालेको भन्दै एकजनालई जेल
Sarbottam CementSarbottam Cement

न्युजिल्यानड । न्युजिल्यान्डमा क्‍वारेन्टाइनको नियम उल्लंघन गरेको भन्दै ३३ वर्षीय पुरुषलाई ६ हप्ताका लागि जेल सजाय तोकिएको छ । 

यस महिनाको सुरुआतमा जेसी कोर्टनी वेल्स अस्ट्रेलियाबाट आएर अकल्यान्डस्थित क्‍वारेन्टिनमा रहेका आफ्नो साथीलाई भेट्‍न त्यहाँ पुगेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

न्युजिल्यान्डको नियमानुसार कुनै आफन्त तथा साथीभाइलाई भेट्‍न क्‍वारेन्टिनमा जान हुँदैन । न्युजिल्यान्डको एक अदालतका न्यायाधीशले क्‍वारेन्टिनमा जानु नै वेल्सको गल्ती भएको र क्‍वारेन्टिनमा पुगेर साथीलाई अँगालो हालेर थप ठूलो गल्ती भएको बताएका छन् । 

"यो पारीवारिक मृत्यु वा अन्य कुनै कारणले गम्भीर तनावमा पर्ने व्यक्तिहरूको उदाहरण होइन । तपाईंलाई क्वारेन्टाइन नियमको बारेमा राम्ररी थाहा थियो र उनीसँग कुरा गर्दा मात्र चित्त बुझेन, तर उसलाई अंकमालसमेत गरेको छ," न्यायाधीशले भने ।

Global Ime bank

वेल्सका वकिलले आफ्ना 'क्लाइन्ट' ले गैरजिम्मेवार काम गरेको स्वीकार गर्दै 'वास्तविक गल्ती काम गरेको' बताएका छन् । 

न्यूजील्यान्डले कडा सीमा प्रतिबन्ध र प्रारम्भिक लकडाउनपछि कोरोना भाइरस नियन्त्रणमा सफलता प्राप्त गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो । 

तर, पछिल्लो समय न्युजिल्यान्डमा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । - बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC