site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सामसङ ग्यालेक्सी नोट २० अल्ट्रा ५जी बंगलादेशमा उत्पादन गरिने 
Sarbottam CementSarbottam Cement

ढाका । दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसङले आफ्नो पछिल्लो संस्करणको नोट २० र नोट २० अल्ट्रा ५ जी बंगलादेशबाट उत्पादन गर्ने निर्णय गरेको छ । दक्षिण कोरियाको यस्तो निर्णयले बंगलादेशको उत्पादन क्षमताले विश्वव्यापी स्वीकृतिको अर्को खुड्‌किलो पार गरेको छ । 

५ अगस्तमा विश्वव्यापीरुपमा सार्वजनिक गरिएको ह्यान्डसेटले पाँचौं-जेनेरेसनको सेलुलर नेटवर्क प्रविधिसँग काम गर्न सक्छ । जसमा प्रयोगकर्ताहरूलाई 'रियल-टाइम' अन्तर्क्रिया, द्रुत इन्टरनेट, रेस्पोन्सिभ र धेरै डिभाइस कनेक्ट गर्नसक्ने क्षमता छ ।

Prabhu Bank
Agni Group
NIC Asia

"हामी ५ जी उपकरणहरू उत्पादन गर्दैछौं र यसले बंगलादेशले अब कुनै पनि प्रविधिमा काम गर्नसकेने देखाउँछ," सामसङका स्थानीय एसेम्बली पार्टनरसमेत रहेका फेयर इलेक्ट्रोनिकसका प्रमुख बजार व्यवस्थापक मोहम्मद मेसबाहले डेली स्टारलाई भने । 

सेम्पटेम्बरको मध्यसम्म पहिलो ब्याचको ५ जी प्रविधि उपलब्ध हुनेसमेत उनले बताएका छन् । कम्पनीले ५ जी उपकरणमा २६ देखि २७ प्रतिशतसम्म मूल्य थप गर्ने र यसको प्रि-बुकिङ १० अगस्तदेखि सेप्टेम्बरसम्म हुने जनाइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC