site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के भारतमा फेसबुक भाजपाको पक्षमा सञ्चालन भइरहेको छ ? 
Ghorahi CementGhorahi Cement

बीबीसी । के फेसबुकले आफ्नो सबैभन्दा ठूलो बजारलाई सुरक्षित राख्ने उद्देश्यले भारतको सत्ताधारी पार्टी भाजपा का नेतालाई कम्पनीको नियम उल्लंघन गर्दा पनि छुट दिइरहेको छ ? संचार एजेन्सी वालस्ट्रिट जर्नलले फेसबुकका पूर्व र वर्तमान कर्मचारीहरुसँग लिएको अन्र्तवार्तामा आधारित रिपोर्टमा यस्तै खुलासा भएपछि यो विषयमा तुरुन्तै अनुसन्धान गर्न माग गरिएको छ । 

रिपोर्टका अनुसार भारतको दक्षिण प्रदेश तेलंगनाका सांसद टी राजा सिङ्गले गरेको मुसल्मान विरोधी र घृणा व्यक्त गरिएका पोस्टहरु आधिकारिक कागज प्रस्तुत गरिएपछि मात्र फेसबुकले डिलिट गरेको हो ।

Agni Group

उक्त कागजका अनुसार फेसबुकका कर्मचारीहरुले गत मार्चमै सिङका पोस्ट कम्पनीको नीति नियम विपरित भएकाले खतरनाक हुन सक्ने निश्चित गरिसकेका थिए । तर कम्पनीका वरिष्ठ सार्वजानिक नीति अधिकृत, अन्की दासले, सिङको पोस्ट सम्बन्धी फेसबुकका अन्य कर्मचारीहरुलाई प्रधानमन्त्री मोदीको पार्टीका कुनैपनि राजनीतिज्ञ विरुद्ध कारबाहीपूर्ण कदम उठाए भारतमा फेसबुकको व्यवसायिक भविष्यमा ठूलो क्षति पुग्ने बताएका हुन् । यस्तोमा वालस्ट्रिट जर्नलको यो रिपोर्टले अहिले भारतमा फेसबुक सञ्चालन सम्बन्धी गम्भीर प्रश्न उठाएको छ । 

यसमा विपक्षी पार्टी कंग्रेसका प्रमुख नेता राहुल गान्धीले पनि भाजपा माथि फेसबुकलाई अवैधानिक तरिकाले नियन्त्रण गरिरहेको आरोप लगाएका हुन् । यसको जवाफमा सूचना तथा प्रविधिका मन्त्री रवि शंकरले २०१८ मा क्याम्ब्रिज एनालिटीकासँग कंग्रेसको संलग्नताको स्पष्टिकरण माँग्दै उल्टै कांग्रेसको सामाजिक संजाल गतिविधिबारे प्रश्न गरेका हुन् । २०१८ मा भारतले कांग्रेससँग सम्बन्धित भनिएको क्याम्ब्रिज एनालिटिका नामक स्थानीय वेबसाइट बन्द गराएको थियो जसमाथि ५ करोड फेसबुक प्रयोगकर्ताका व्यक्तिगत जानकारी चोरी गरि अमेरिकी चुनावलाई प्रभाव पार्ने प्रयास गरेको आरोप छ । 

Global Ime bank

भारतमा मात्र फेसबुकका ३४ करोड प्रयोगकर्ता भएको हुँदा यसलाई फेसबुकको सबैभन्दा ठूलो बजार मानिन्छ । त्यसैगरी गत अप्रिलमा मात्र फेसबुकले भारतीय मोबाइल इन्टरनेटको क्षेत्रमा मुकेश अम्बानीको कम्पनी रिलायन्स जिओमा ५.७ अर्ब डलर लगानी गर्ने घोषणा गरेको हो । यसले भारतमा फेसबुकको स्थान अझ प्रगाढ बनाइदिनेछ जहाँ फेसबुककै अर्को एप वाट्सएप च्याटका पनि ४० करोड प्रयोगकर्ता रहेका छन् । 

यसरी सिङ्गको मुद्दामा फेसबुकले किन सुरुवातमै कदम उठाएन भन्ने प्रश्नमा भने कम्पनीका प्रवक्ताले यस्तो भनेका हुन्, “हामीले घृणा फैलाइ हिंसा उत्पन्न गराउन सक्ने किसिमका सबै सामग्री वा सन्देशहरुलाई निषेध गरेका छौँ र यो नीति दुनियाँभरि लागू हुन्छ , जो जुनसुकै राजनीतिक पद वा पार्टीमा भएपनि यसको छुट कसैलाई छैन । हामीलाई थाहा छ यो विषयमा हामीले अझै धेरै सुधारहरु गर्नुपर्ने छ र हामीले लगातार यसमा प्रगतिको प्रयास पनि गरेका छौँ । निश्पक्षता र सटिकता सुनिश्चित गर्नकै लागि कम्पनीले नियमित रुपमा अडिटिङ गर्ने गरेको छ । ”

तर फेसबुकमाथि सत्ताधारी पार्टीलाई समर्थन गरेको आरोप पहिलोपटक लगाइएको भने होइन । गत वर्ष पनि विपक्षी पार्टीका एक सांसद डेरेक ओब्रायनले फेसबुकमा भाजपा विरुद्धका समाचार र सन्देशहरुमाथि सेन्सर लगाइने गरेको मुद्दा उठाएका थिए । उनका अनुसार फेसबुकको अल्गोरिदम प्रणालीले भाजपा विरुद्धका सामग्री प्रयोगकर्ताहरु माझ पुग्न दिँदैन । यसबारे सूचना प्रविधिमा संसदीय समितका प्रमुख शशी थरुरले भनेका छन्, “हालैमा भएका यी खुलासाहरुको स्पष्टीकरण खोज्नैपर्ने हुन्छ । किनकी सामाजिक संजालमा घृणात्मक सन्देश फैलाउनु वास्तवमै गम्भीर कुरा हो जसले हिंसा सिर्जना गरि अवैधानिक व्यवहारलाई बढावा दिन सक्छ । यो धेरै चिन्ताजनक खबर हो । ”

फेसबुकले केही समय अगाडि मात्र जनवरी र मार्चका बीच २ करोड भन्दा बढी घृणात्मक सामग्री विरुद्ध कारबाही अघि बढाएको घोषणा गरेको थियो । तर कम्पनीको सबैभन्दा ठूलो बजार भारतमा भने फेसबुकले यो विषयमा गम्भीरतापूर्वक प्रभावकारी कदम उठाउन असफल भइरहेको बताइएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  ०५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC