site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१५ सय होस्टल कोरोनाको चपेटामा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण होस्टल व्यवसाय समस्यामा परेको छ । ५० हजार बढी विद्यार्थीलाई सेवा दिँदै आएको निजी क्षेत्रका होस्टल व्यवसाय कोरोनाको चपेटामा परेको हो ।

कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउन पछि व्यवसाय ठप्प छन । होस्टलमा विद्यार्थी नहुँदा र सरकारले समेत समस्या सम्बोधन नगर्दा घरभाडा तिर्न नै समस्या भएको व्यवासायीको भनाई छ । अहिले सबैभन्दा ठूलो समस्या घरभाडा तिर्नु रहेको नेपाल होस्टल संघका अध्यक्ष भक्ति पाठक बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पाठकले भने, “घरभाडा नै सबैभन्दा ठूलो समस्या हो । गाँस र बासको पनि समस्या छ । सञ्चालक कर्मचारी सबै समस्यामा छन् । देशभरी १५ सय होस्टल व्यवसाय सञ्चालनमा छन । जसमा ८ हजार बढी कर्मचारी र १५ हजार व्यवसायीका आश्रीत परिवार छन । सवा अर्ब भन्दा बढी लगानी रहेको व्यवसायमा कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको उनले बताए ।

१५ प्रतिशत व्यवसायीले होस्टल सञ्चालनका लागि पूर्ण ऋण लिएको उनको भनाइ छ । होस्टल सञ्‍चालनपछि विद्यार्थीले समेत समयमा शूल्क नदिँदा सञ्चालन खर्च जुटाउन समेत ऋण लिने व्यवसायीहरुको संख्या ठूलो छ ।

Global Ime bank

कोरोनाले होस्टल व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ । सरकारले सहुलित दरमा ऋण उपलब्ध गराएर राहत दिए व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने नभए पलायन हुँदै जाने उनले बताए । घरबेटीलाई समेत अहिले भाडा छुट दिन र बाँकी रकम किस्तामा तिर्न मिल्ने गरी व्यवस्था गर्न माग गरिएको उनले जानकारी दिए ।

होस्टल व्यवसायीका लागि सरकारले तत्काल सुलभ व्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने व्यवसायीको माग छ । घर बहाल सम्बन्धि स्पष्ट नीति राज्यले ल्याउन सके होस्ट व्यवासय मात्रै नभएर अन्य क्षेत्रले पनि लाभ लिन सक्ने उनीहरु बताउँछन् । दीर्घकालिनमा रुपमा निजी क्षेत्रबाट सञ्चालिन होस्टललाई विद्यालय र कलेजकै होस्टलअनुसारको मान्यता र सेवा सुविधा दिनुपर्ने अध्यक्ष पाठक बताउँछन् ।

सरकारले मौद्रीक नीतिमा अन्य क्षेत्रका व्यापार व्यवसायीहरुलाई केही राहत दिएपनि होस्टल व्यवसायीका लागि कुनै कार्यक्रम नआएको गुनासो व्यवसायीहरुको छ । लक डाउनपछि ठप्प रहेका व्यवसाय लकडाउन खुकुलो भएपनि शैक्षिक गतिविधि सुरु नुहँदा अझै सञ्चालनमा आउन सकेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC