site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
राष्ट्रिय झण्डा जलाउने र जातीय सद्‌भाव भड्काउनेलाई कस्तो कारबाही हुन्छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । जातीय सद्‌भाव खलबल्याउने र्याप ‘देशद्रोही’ सार्वजनिक भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  

राष्ट्रिय एकता र जातीय सद्‌भाव फैल्याउने र्याप सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा चर्को विरोध भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । 

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भिडियो खिच्‍ने छायांकारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको र र्‍यापरसामु चाँडै पुग्‍ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले मुख्य व्यक्तिलाई चाँडै पक्राउ गरी कानुनी दायरमा ल्याइने बताए । मंगोल ग्याल्ज ली एन्ड एटीएमको शब्द तथा स्वर रहेको र्याप मंगोल होप अफिसियल नामक च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

गीत बाहुन क्षेत्री समुदायलाई गाली गरिएको र्‍यापको भिडियोमा राष्ट्रिय झण्डा जलाइएको छ । गीतमा आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छ । चार मिनेट २७ सेकेन्ड लामो भिडियोमा प्रधानमन्त्रीसहित नेताहरुको तस्बिर जलाइएको छ ।  

Global Ime bank

विष्णु आधारभूत विद्यालय मकवानपुरमा खिचिएको भिडियो जातीय सद्‌भाव विरुद्धका टेलिभिजन भाषणबाट सुरु हुन्छ । बालबालिका देखि युवासमेत भिडियोमा प्रयोग भएका छन् । 

र्‍यापको शिर्षक ‘देशद्रोही’ राखिएको छ । गीत युट्युबमा सार्वजनिक भए लगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले कारबाहीका लागि प्रहरीको ध्यानाकर्षण गरेका छन् । 

के हुन्छ कारबाही ?

मुलुकी अपराध संहिता, २०७४ अनुसार जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याएमा कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान छ । 

राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गरेमा वा नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, जानीजानी अपमान गरेमा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC