site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको प्रमुख गन्तव्यमध्ये एक कतारविरुद्ध उसका छिमेकी मुलुकहरूले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनेहरूले कतारले ’आतंकवादी क्रियाकलापलाई प्रोत्साहित गरेको आरोप लगाएका छन् । साउदी अरेयिबा, युनाइटेड अरब इमिरेटस्, इजिप्ट, बहराइनलगायतले कतारमाथि लगाएको प्रतिबन्धलाई संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत समर्थन गरेका छन् । अर्कातिर, कतार सरकारले उसमाथि लगाइएको आरोपलाई ’निराधार’भन्दै प्रतिबन्ध लगाउने मुलुकहरूभन्दा आपूm आतंकवादविरुद्ध प्रतिबद्ध रहेको दाबी गरेको छ । संसारकै सबैभन्दा बढी प्रतिव्यक्ति आय र पेट्रोलियम पदार्थको निर्यातमा निर्भर अर्थतन्त्र भएको मुलुक कतारलाई लामो समय नाकाबन्दी धान्न कठिन हुने आकलन गरिएको छ । तर, टर्कीले प्रतिबन्धविरुद्ध कतारलाई सहयोग गर्न सुरु गरिसकेको छ । त्यसैले तीनतिर समुद्र भएको कतारलाई पछिल्लो प्रतिबन्धले नेपालमाथि भारतको नाकाबन्दीले पारेजस्तै अप्ठेरो भने नपर्न सक्ने देखिन्छ । 

कतारमाथिको प्रतिबन्ध नेपालका लागि मूलतः त्यहाँ कार्यरत नेपालीको सुरक्षा र सुविधाको प्रश्न हो । मध्यपूर्वस्थित नेपाली दूतावासहरूले खाडी मुलुकहरूको किचलोमा नेपालले कुनै औपचारिक धारणा सार्वजनिक गरेर मुछिनु उपयुक्त नहुने सुझाव नेपालको परराष्ट्र मन्त्रालयलाई दिएको समाचार सार्वजनिक भएको छ । सरकारले प्रतिबन्धका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेको पनि छैन । तर, त्यहाँ नेपाली नागरिक पनि रहने हुनाले यस संकटप्रति नेपाल सरकार निरपेक्ष रहन पनि सत्तैmन । अहिलेसम्म कतारमा रहेका नेपाली कामदार अप्ठेरोमा परेको समाचार आएको पनि छैन । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु मूलतः आयात गर्ने कतारमा कुनै वस्तुको अभाव भएको पनि समाचार छैन । यस्तै नेपालीको रोजगारीको अवस्था पनि प्रभावित भइसकेको छैन । यसैले नेपाल सरकारले कतारमाथिको प्रतिबन्धका सम्बन्धमा प्रतिक्रिया व्यक्त गर्न हतार गर्नु आवश्यक छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

कतारमाथिको प्रतिबन्ध लम्मिएर त्यहाँ मानवीय संकट, व्यापक रोजगारी कटौती वा युद्ध नै हुने अवस्था उत्पन्न भयो भने नेपाली नागरिकहरूमाथि संकट पर्नेछ । कतारमा संकट उत्पन्न भयो भने नेपाली नागरिकलाई त्यहाँबाट सकुशल बाहिर निकालेर स्वदेश फर्काउने तथा रोजगारीमा संलग्न गराउने दायित्व सरकारको हो । नेपाल सरकारले अहिले गम्भीरतापूर्वक लिनुपर्ने विषय सायद यही हो । कतारमा कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक पनि सरकारसँग नहुनसक्छ । कारण नेपालीहरू अनौपचारिक र अवैध माध्यमबाट समेत वैदेशिक रोजगारीमा जाने गरेका छन् । सबैभन्दा पहिले कतारमा रहेका सबै नेपालीसँग सम्पर्क कायम गरी उनीहरू जसरी त्यहाँ पुगेका भए पनि नेपाली नियोगको सम्पर्कमा रहने व्यवस्था मिलाउनुपर्छ । 

सञ्चार सुविधाका कारण वैदेशिक रोजगारीमा जानेहरूको परिवारसँग सहज सम्पर्क हुने गरेको हुनुपर्छ । तैपनि, कसैको परिवारसँग सम्पर्क भएको छैन र परिवार वा कामदारबाट अनुरोध भएमा सम्पर्क गराइदिने काम अहिले बढी  उपयुक्त हुनेछ । यसैगरी कतार र वरपर रहेका नेपालीसँग सम्बन्धित दूतावासले निरन्तर सम्पर्क पनि राख्नुपर्छ । नेपाल सरकार पहिलेजस्तो उदासीन र यान्त्रिक हुनु हुँदैन । वैदेशिक रोजगारीमा जाने नागरिकप्रति त राज्यको दोहोरो दायित्व हुन्छ । कतारमा त्यहाँ रहेका नेपाली नागरिकसँग सम्पर्क गर्ने र नेपालमा खबर गर्ने कार्यमा सरकार संवेदनशील होस् । कम्तीमा पनि कतारको अवस्थाप्रति सरकार उदासीन नरहेको सन्देश नेपाली जनतालाई दिनु आवश्यक छ । यत्तिमात्र भए पनि परिवारजन ढुक्क हुनेछन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०७४  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC