site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
माइक्रोसफ्टको पहिलो एन्ड्रोइड फोनलाई १४ सय डलर किन ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । माइक्रोसफ्ट कम्पनीले आगामी सेप्टेम्बर १० मा आफ्नो पहिलो एन्ड्रोइड फोन, ‘सर्फेस डुओ’ लन्च गरिने सम्बन्धी बुधबार घोषणा गरेको छ । तर यतिबेला सर्फेस डुओको मूल्य, झन्डै १४ सय डलर रहेको विषय सबैभन्दा बढी चर्चामा आइरहेको छ जुन आइफोन ११ म्याक्स भन्दा महङ्गो हुनेछ ।  

यसरी बढी मूल्य भएकै कारण यसलाई खरिद गर्न मानिसहरुको भीड नलाग्ने निश्चित छ तर यो फोन यति महङ्गो हुनुका पछाडि कम्पनीले विभिन्न कारणहरु देखाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जस्तै पहिले त यो डुअल–स्क्रिन अर्थात दुईवटा स्क्रिन भएको डिभाइस हो । माइक्रोसफ्टले यो फोनलाई मोबाइल जगत्मा नयाँ स्वरुपको सुरुवात भनेर व्याख्या गरेको छ । सामान्य रुपमा हेर्दा यो फोल्ड गर्न मिल्ने ट्याब्लेट जस्तो पनि देखिन्छ । यसका दुईवटै स्क्रिनको डिस्प्ले ५.६ इन्च रहेको छ जुन फोल्ड नगर्दा ८.१ इन्चको सिङ्गो डिस्प्ले हुन्छ । त्यस्तै यसको क्यामराले भने चार हजार रिजोलुसनको भिडियो रेकर्डिङ समेत सपोर्ट गर्दछ । 

त्यसैले पनि यसलाई फरक भर्जनको फोल्ड हुने मिनी–आइप्याड भनिएको छ । सो भनाइले पनि यसको १४ सय डलरको मूल्य स्पष्ट पार्दछ । यो फोनलाई एकदम सजिलोसँग किताब जस्तैगरि खोल्न र बन्द गर्न सकिन्छ । त्यस्तै यो एकदमै पातलो पनि छ भने फोन स्क्रिनहरुमा अहिलेसम्मकै उच्च गुणस्तरको स्क्रिन भएको बताइएको छ । 
माइक्रोसफ्टले यो नयाँ डिभाइसलाई उत्पाकत्व बढाउने मेसिनका रुपमा पनि प्रचार गरिरहेको छ । यसको विशेष फिचर भनेको माइक्रोसफ्ट सफ्टवेयर जस्तै अफिस, विन्डोज चलाउने सँगै, यस मार्फत भिडियो कल पनि गर्न सकिन्छ जुन अहिलेको अवस्थामा अधिक महत्वपूर्ण संचार माध्यम बन्न पुगेको छ । 

Global Ime bank

यसरी सर्फेस आगामी बुधबारदेखि नै प्रि–अर्डरका लागि उपलब्ध हुने बताइएको छ । पछिल्लो समय फोल्ड गर्न मिल्ने फोनले विभिन्न चुनौति झेलिरहेका छन् तर त्यसका वावजुद ग्यालेक्सी फोल्ड, ग्यालेक्सी जी फ्लिप, हुवावेको मेट एक्स र ओप्पोको रेनो १० एक्स जुम बजारमा विक्री भइरहेका छन् । यस्तोमा माइक्रोसफ्टको पहिलो एन्ड्रोइड फोनले पनि ग्राहकहरुलाई सन्तुष्ट गराउने अपेक्षा गरिएको छ ।  सिएनएन 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC