



काठमाडौं । देशैभर कोरोनाका जटिल बिरामीको उपचारका लागि ९४२ आईसीयू बेड छुटाइएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार सातै प्रदेशमा १४३ बेड, प्रदेश २ मा ४५ बेड, बागमती प्रदेशमा ६३० आइसीयू कोरोना जटिल बिरामीको उपचारका लागि छुट्याइएको छ ।
यसैगरी गण्डकी प्रदेशमा १३७ बेड , प्रदेश ५ मा २९ बेड कर्णाली प्रदेशमा ४० र सुदुरपश्चिम प्रदेशमा १८ वटा आईसीयू बेड रहेका छन् ।
पछिल्लो २४ घण्टामा आईसीयूमा ११३ जना संक्रमित उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।
कोरोनाका बिरामी उपचार गर्न कुन प्रदेशमा कति भेन्टिलेटर ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातै प्रदेशमा चार सय ९६ भेन्टिलेटर बेड छुटाइएको जनाएको छ ।
जसमध्ये प्रदेश १ मा १९ वटा, प्रदेश २ मा १७ वटा,बागमती प्रदेशमा ३६१ वटा, गण्डकी प्रदेशमा ५९ वटा, प्रदेश ५ मा १३ वटा, कर्णाली प्रदेशमा १७वटा र सुदुर पश्चिम प्रदेशमा १०वटा भेन्टिलेटर कोरोनाका गम्भिर बिरामी उपचार गर्न छुटाइएको पाइएको हो । कोरोना ६ जना जटिल बिरामी भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।





