site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बेलारुस प्रदर्शन : सरकारी टेलिभिजनकर्मी नै राष्ट्रपतिविरुद्धको आन्दोलनमा
Sarbottam CementSarbottam Cement

मिन्स्क । बेलारुसमा भइरहेको राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोविरुद्धको आन्दोलनमा सरकारी टेलिभिजनकर्मी नै सहभागी भएका छन् । अगस्त ९ मा भएको निर्वाचनको परिणाममा राष्ट्रपति लुकासेन्कोले धाँधली गरेको भन्दै भइरहेको प्रदर्शनमा सोमबारदेखि सरकारी टेलिभिजनकर्मी पनि सहभागी भएका हुन् ।

टेलिभिजनकर्मी नै आन्दोलनमा सहभागी भएपछि अघिल्ला कार्यक्रमहरु दोहोर्‍याइरहेका छन् । राष्ट्रपतिविरुद्ध भइरहेका प्रदर्शनको प्रसारणमा रोक लगाउनका साथै केही पत्रकारलाईसमेत नियन्त्रणमा लिइएपछि आन्दोलन चर्किएको हो । 

आफ्ना प्रदर्शन पूर्ण रूपमा प्रसारण गर्न माग गर्दै शनिबार सरकारी टेलिभिजन च्यानलअगाडि हजारौं प्रदर्शनकारी जम्मा भएका थिए । सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले ८०.१ प्रतिशत मत प्राप्त गरेको निर्वाचनसम्बन्धी निकाय सेन्ट्रल इलेक्सन कमिसनले बताएको छ । प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले भने १०.१२ प्रतिशत मात्रै मत प्राप्त गरेकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर उनले राम्रोसँग गणना गरे आफूले ६० देखि ७० प्रतिशत समर्थन प्राप्त गरेको दाबी गरिरहेकी छन् । निर्वाचनअघि करिब ६ हजार ७०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई प्रहरी हिरासतमा यातना दिइएको जनाइएको छ । 

पछिल्लो समय आन्दोलन चर्किँदै जाँदा विपक्षी नेतृ तिखानोभ्स्कायालाई अन्तरिम नेतृत्वका रुपमा कार्य गर्न सुझाइएको छ । उनले एक भिडियो सन्देशमार्फत आइतबार भनेकी छन्, "म शान्ति र स्थिरताको बहाली, राजनीतिक बन्दीहरुको रिहा र नयाँ निर्वाचनको तयारीका लागि राष्ट्रिय नेता बन्‍न तयार छु ।"

Global Ime bank

विभिन्‍न ठाउँमा भइरहेको प्रदर्शनलाई प्रहरीले दबाउन खोजेपछि आन्दोलनले थप उग्ररुप लिँदै गएको छ । 

अर्कोतिर राष्ट्रपतिले पनि आफ्नो समर्थनमा प्रदर्शनहरु गर्न अनुमति दिएपछि उनको पक्षमा पनि प्रदर्शनहरु भइरहेका छन् । उनले आइतबार आफ्नो मुलुकको बचाउ र स्वतन्त्रताको रक्षा गर्न आह्वान गरेका थिए । 

आइतबार राजधानी मिन्स्कमा भएको प्रदर्शन बेलारुसको स्वतन्त्र भएदेखि यताकै 'ऐतिहासिक ठूलो प्रदर्शन' भएको स्थानीय स्वतन्त्र समाचार संस्था टट डट बाइले जनाएको छ । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC