site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गाईभैँसीलाई लाग्ने लम्पी स्किन रोग

यो रोग लम्पी स्किन डिजिज भाइरसबाट गाईभैँसीमा लाग्छ । यो पक्सविरिडेइ ९एयहखष्चष्मबभ० परिवारको डीएनए भाइरस हो । यो रोग नेपालको झापा, मोरङ, सुन्सरी, रौतहट, मकवानपुर, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की र काठमाण्डौँ उपत्यकामा देखिएको छ । लम्पी स्किन डिजिज ९एलसीडी० अफ्रिकी राष्ट्रबाट सन् २०१२ बाट मध्यपूर्व, दक्षिणपूर्वी यूरोप, रुस र कजाकास्तानमा फैलिएर सन् २०१९ मा बंगलादेश, भारत र चीनमा देखिएको थियो । नेपालमा जुलार्इ २०२० मा प्रयोगशालाबाट परीक्षण गरी लम्पी स्किन डिजिज रोग यकिन भइसकेको छ ।
भेक्टरबाट सर्ने यो रोगको प्रकोप मनसुन, गर्मी मौसममा बढी हुनेहुँदा विशेष सतर्कता अपनाउनुपर्छ ।

रोग सर्ने तरिका
यो रोग किर्नाले, लामखुट्टेको टोकाइ, डाँस, झिँगाको टोकाइबाट सर्छ । साथै जैविक सुरक्षा अवलम्बन नगरीकन पालिएका गाई भैँसीमा संसर्ग, लसपसबाट सर्छ । साथै संक्रमित पशुमा प्रयोग गरेको सुई स्वस्थ पशुमा प्रयोग गरे पनि रोग सर्छ । दूषित दाना पानी, घाँस परालमार्फत पनि रोग सर्न सक्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रोग सर्ने अवधि
पशुमा ज्वरो भाइरस प्रवेश गरेको ६ देखि ९ दिनभित्र आउँछ । बिरामी गाई, भैँसीको छालामा गिर्खा, ४देखि २० दिनभित्र देखापर्छ । ओआईईको मापदण्डमा रोगको इन्कुवेसन पिरियड २८ दिन तोकिएको छ ।
गाई, भैँसीमा रोग ५ देखि ४५ प्रतिशतमा लाग्न सक्छ । एलएसडीमा मृत्युदर १० प्रतिशतभन्दा कम नै  हुन्छ ।

रोगको लक्षण
१. उच्च ज्वरो १०४˚ वा बढी आउने ।
२.    शरीरको विभिन्न ठाउँमा घाँटी, पछाडिको खुट्टा पेट र थुन वरपर सानादेखि ठूला गिर्खाहरु देखिने ।
३.    मुखबाट फिज बग्ने, सिँगान तथा चिप्रा कचेरा निकाल्ने ।
४.    दुध उत्पादन २५(८० प्रतिशत घट्ने ।
५.    ब्याउने पशुले तुहाउने र बाँझोपनासमेत देखिने ।

Global Ime bank

उपचार
क.ज्वरो आएमा एन्टिपाइरेटिक ‍औषधि ९ज्वरो घटाउन० दिनुपर्छ ।
ख.     दोस्रो ब्याक्टेरियल संक्रमण रोग एन्टिवायटिक्स दिन सकिन्छ ।

रोग नियन्त्रणका उपाय
क.    गोठमा जैविक सुरक्षा अवलम्बन गर्ने ।
ख.    लामखुट्टे, किर्ना, डाँस, झिङ्गा न्यूनीकरण गर्न सरसफाइ गर्ने, नजिकै पानी जम्ने खाल्डो छोप्ने वा पुर्ने गर्नुपर्छ ।
ग.    लाइभ एटेन्युएटेड होमोलोगस निथलिङ स्ट्रेनको खोप ४ महिना वा बढी उमेरको गाई भैँसीमा खोप लगाउने ।
घ.    खोप लगाउन पूर्व रोग नलागेको क्षेत्रमा क्लिनिकल परीक्षण गरेरमात्र खोप लगाउने ।
ङ.     सिप पक्स १० ह गाई भैँसीमा लगाउन सकिन्छ । गोटपक्स पनि लगाउन सकिन्छ । तर नेपालमा यो खोप लगाउन उक्त रोगहरु महामारी नभएकोले गर्दा नलगाउने रणनीति छ ।
च.   पशु क्वारिन्टन सेवा मजबुत पार्ने पशु ढुवानी ९गाई, भैँसी प्रजाति० गर्दा पशु स्वास्थ्य प्रमाणपत्र र रोग नदेखिएको क्षेत्रबाट मात्र गर्ने ।
छ.    मरेको पशुलाई खाल्डोमा गाडी माथिबाट चुन छर्कने ।
ज.    सरसफाइ र गोठलाई निसंक्रमित गरी पुनः पशु गोठमा राख्‍ने ।
झ.    पशुमा तथा फार्ममा भेक्टर कन्ट्रोल गर्न उपयुक्त रणनीति अवलम्बन गर्ने ।
ञ.    काँचो छाला तथा वीर्यबाट रोग सर्ने हुँदा यस्तो पदार्थ लम्पी स्किन मुक्त राष्ट्रबाट मात्र आयात गर्ने ।

उपसंहार
  लम्पी स्किन डिजिजको क्लिनिकल सर्भिलेन्स गर्नलाई मौजुदा पशु चिकित्सक र पाराभेटेरिनरियनलाई विषयवस्तुको छोटो तालिम दिई कार्य क्षेत्रमा परिचालन गर्ने ।
शंकास्पद रोगको नमुना पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा संप्रेषण गर्ने ।
स्थानीय र प्रदेश सरकारको समन्वयमा पशु सेवा विभागबाट सिफारिस गरिएको खोपहरू लगाउने । खोपले ३ वर्षसम्म रोगसँग जुध्ने प्रतिरोधात्मक क्षमता प्रदान गर्छ ।
यो रोगलाई उद्‍गम बिन्दुमा नै नियन्त्रण गरी दुग्ध उत्पादकत्व वृद्धि गर्ने योजनालाई मूर्तरूप दिनु जरुरी छ ।

महानिर्देशक, पशु सेवा विभाग

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC